Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भ्रष्टाचारविरुद्ध जनमत सङ्ग्रह हुने

पेरु । नागरिकहरुले भ्रष्टाचार नियन्त्रण सम्बन्धी एक प्रस्तावका लागि हुने जनमतसङ्ग्रहका लागि आइतबार मतदान गर्दैछन् । यो जनमतसङ्ग्रहको नतिजाले सांसदहरु, न्यायाधीशहरु र पूर्व राष्ट्रपतिहरु समेतलाई जेलभित्र पुर्याउन सक्नेछ । जनमतसङ्ग्रहमा केही प्रश्नहरु सोधिएका छन्ः भ्रष्टाचारमा दोषी देखिएका व्यक्तिहरु संसद सदस्यमा पुनः उम्मेदवार हुन नपाउने, चुनावी अभियानमा कडा आर्थिक नियमहरुको निर्माण र परिपालना गर्ने तथा न्यायाधीशको छनौटमा बदनामी कमाएको परिषदमा सुधार ।

विश्लेषकहरुका अनुसार, दशकौंदेखि पेरुमा व्याप्त अनियमितता र भ्रष्टाचार जनमतसङ्ग्रह मार्फत मात्र सुधार भइहाल्छ भनि अनुमान गर्न कठिन छ । “यो जनमतसङ्ग्रहले सरकार र सम्भवतः राजनीतिक प्रणालीलाई केही भएपनि श्वास फेर्ने अवसर दिनेछ,” हार्भर्ड विश्वविद्यालयका राजनीतिशास्त्री स्टीभ लेभिट्स्कीले बताए । “झिनो भएपनि सरकारको आत्मविश्वास र जनताको विश्वास आर्जन गर्न यसले मद्दत गर्नेछ ।”

हालैका वर्षहरुमा पेरुमा ओडेबे्रक्ट भ्रष्टाचार काण्ड मच्चिएको छ । यो भ्रष्टाचार काण्डमा दक्षिण अमेरिकाका उच्च तहका राजनीतिज्ञहरु पनि मुछिएका छन् । ब्राजिलको यस निर्माण कम्पनीले ठेक्काहरु हत्याउन दक्षिण अमेरिकी राष्ट्रका अधिकारीहरुलाई ८० करोड अमेरिकी डलर घुस दिएको स्वीकार गरिेसकेको छ । पेरुमा यो काण्डले सबैजसो पूर्व राष्ट्रपतिहरु बदनाम भइसकेका छन् । ओडेब्रेक्टसँगको साँठगाँठको आरोपमा पेरुका चारजना पूर्व राष्ट्रपतिहरुमाथि छानबिन भइरहेको छ ।

राष्ट्रपति पेड्रो पाब्लो कुजिन्स्कीले ओडेब्रेक्ट र उनको परामर्शदाता कम्पनीबीच सम्बन्ध रहेको विषयमा पूर्व जानकारी नगराएको सांसदहरुले आरोपपछि गत मार्चमा राजीनामा दिए । सरकारी अधिकारीहरुले पूर्व नेता अलान गार्सियाका बारेमा पनि अनुसन्धान शुरु गरेका छन् । उहाँमाथि लीमाको मेट्रो निर्माणका क्रममा घुस लिएको आरोप छ । केही समय जेलमा समेत परेका ओल्लान्टा हुमाला र अलेजान्द्रो टोलेडोमाथि पनि गैरकानुनी रुपमा रकम बुझेको आरोपमा छानबिन भइरहेको छ ।

यहीबीच, पूर्व राष्ट्रपतिकी छोरी केइकी फुजीमोरी पनि हाल जेलमा हुनुहुन्छ । दुईपटक राष्ट्रपतिको उम्मेदवार भइसकेकी विपक्षी नेतृमाथि सन् २०११ को चुनावमा ओड्रेब्रेक्टबाट गैरकानुनी रुपमा चुनावका लागि रकम लिएको आरोप छ । गोप्य विवरणहरुले देशका न्यायाधीश र वकीलहरुले पनि विचाराधीन मुद्दाको सौदाबाजी गर्ने गरेको देखाएका छन् । बालिका बलात्कृत भएका मुद्दामा समेत न्यायाधीश र वकीलहरुले घुस लिएको पाइएको छ । यसबाट आम जनतामा चरम नैराश्य छ ।

ल्याटिनोब्यारोमेट्रोले हालै गरेको सर्वेक्षणमा पेरुका केबल ८ प्रतिशतले मात्र संसदमाथि विश्वास गरेको देखाएको छ । दक्षिण अमेरिकामै यो सबैभन्दा कमजोर अवस्था हो । “पूरै प्रणाली सडेको छ,” ४० वर्षीय गेरार्डो पोलोले बताए । उनी आइतबार मतदान गर्न व्यग्र छन् । एपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending