Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

मधुमेह कसरी हुन्छ ? थाहा पाउनुस् यसको सुरुवाती लक्षण

मधुमेहको सुरुवाती लक्षणलाई यदि पहिचान गर्न सकियो भने यसको उपचार निकै चाँडै र सजिलो तरिकाले गर्न सकिन्छ । आजकाल मधुमेह एक सामान्य समस्या बनेको छ । धेरैजसो मानिसहरुमा यो रोग सामान्य भएपनि निकै धेरै समयपछि रोग लागेको थाहा पाउँदा यो रोग निकै डरलाग्दो हुने गर्दछ । वास्तवमा मधुमेह जीवनशैली सम्बन्धि र वंशानुगत रोग हो । जब शरिरमा प्यान्क्रियाज नामक ग्रन्थीले इन्सुलिन बनाउन बन्द गर्छ तब मधुमेहको समस्या हुने गर्दछ । इन्सुलिनले रगतमा ग्लूकोजलाई नियन्त्रण गर्ने गर्दछ । आउनुहोस्, सुरुवाती अवस्थामा मधुमेहको लक्षण बारे जानकारी लिऔँः थकान महसुस हुनुः मधुमेह लागेको सुरुवाती लक्षण भनेको दिनभरी केही नगर्दा पनि थकाई लागेको महसुस हुनु हो । रातभरी सुतेर उठ्दा बिहान निकै थाकेको महसुस हुन्छ भने यो मधुमेहको सूचक हो । यसबाट रगतमा चिनीको मात्रा बढिरहेको भन्ने थाहा हुन्छ । लगातार पिसाब लाग्नुः मधुमेह लागेपछि छिटो छिटो पिसाब लाग्छ । जब शरिरमा धेरै मात्रामा चिनी जम्मा हुन्छ तब यो पिसाबको बाटो  हुँदै बाहिर निस्कने गर्दछ जसका कारण मधुमेह रोगीलाई पटक–पटक पिसाब लाग्ने गर्दछ । अत्यधिक तिर्खा लाग्नुः मधुमेह रोगीलाई पटक–पटक तिर्खा लागिरहन्छ । पिसाबमार्फत शरिरको पानी र चिनी बाहिर निस्कने भएका कारण यस्ता रोगीलाई सधैं तिर्खा लाग्ने गर्दछ । धेरैजसो मानिसहरु यस्तो अवस्थालाई सामान्य रुपमा हेर्ने गर्दछन् तर यो मधुमेह रोगको लक्षण हो भन्ने पछि मात्र थाहा हुन्छ । आँखा कमजोर हुनुः मधुमेह रोगको सुरुवातमा आँखामा निकै प्रभाव पर्ने गर्दछ । यस्ता रोगको सुरुवातमा आँखा कम र धमिलो देखिने गर्दछ । कुनै पनि वस्तुमा हेर्नको लागि यस्ता रोगीले आँखामा निकै दबाब दिनुपर्छ । अचानक तौल कम हुनुः यो रोगको सुरुवाती अवस्थामा अचानक तौल कम हुने गर्दछ । सामान्य दिनको तुलनामा मधुमेह लागेपछि रोगीको तौल एकाएक कम हुने गर्दछ । निकै भोक लाग्नुः मधुमेह रोगीको तौलमा त कमी आउँछ तर उनीहरुलाई भोक भने धेरै नै लाग्ने गर्दछ । अन्य दिनको तुलनामा भोकमा एकाएक वृद्धि भइ, धेरै दिनसम्म यस्तै भइरहेको छ भने आफ्नो मधुमेह जाँच गराउनुस् । घाउ ठिक हुन समय लाग्नुः सानो तिनो घाउ पनि निको हुन धेरै समय लागिरहेको छ र यो संक्रमण भएर ठूलो भइरहेको छ भने पनि होस् पुर्याउनुहोस् । बिरामी हुनुः मधुमेहले बिरामीको शरिरमा कुनै पनि प्रकारको संक्रमण चाँडै ठिक हुन दिँदैन । मधुमेह रोगीलाई भाइरल, रुघा खोकी अथवा कुनै पनि ब्याक्टेरियल इन्फेक्सन भयो भने तपाईंलाई चाँडै ठिक हुँदैन । सानातिना संक्रमण जुन आफैं सजिलै ठिक हुनुपर्ने हो, त्यस्तो घाउ निको हुनुको साटो बढ्ने गर्दछ । छालाको रोगः मधुमेहको सुरुवाती अवस्थामा छालासम्बन्धि थुप्रै रोग सुरु हुने गर्दछ । छालाको सामान्य संक्रमण ठूलो घाउ बन्ने गर्दछ । आनुवंशिक कारणः तपाईंको परिवारका अन्य कुनै सदस्यलाई पनि मधुमेहको समस्या छ भने तपाईं सावधान हुनुपर्छ किनभने यो आनुवंशिक रोग हो । थाहा पाउनुहाेस्ः  मधुमेहलाई पूर्ण रुपमा निकै गर्न सकिँदैन तर यसलाई नियन्त्रणमा राख्नु अत्यावश्यक छ । यसका लागि डाक्टरको सल्लाह र समय–समयमा आफ्नो सुगर लेभलको जाँच गराउनुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending