काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले स्थानीय तहमा सहजरुपमा कानूनी सेवा प्रदानका लागि दक्ष जनशक्ति र बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले नागरिकलाई घरदैलोमा नै कानूनी सेवा प्रदान गर्ने लक्ष्यका साथ संविधानले नै प्रदत्त गरेको अधिकारका आधारमा स्थापना भएका अर्धन्यायिक निकायलाई उचित बजेट र दक्ष जनशक्ति जरुरी रहेको ठहर गरेको छ । समितिका सभापति तारादेवी भट्टले अधिकांश स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा नै मेलमिलाप संयन्त्र गठन भएको अवस्थामा कानूनी परामर्शका लागिसमेत उनीहरु योग्य हुनुपर्ने देखिएकाले आवश्यक व्यवस्थाका लागि सरकारलाई निर्देशन दिइएको बताए । समितिको बैठकमा सांसदहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मेलमिलाप संयन्त्रलाई के कस्तो सहयोग गरेको छ, सञ्चालनको कार्यविधि कस्तो छ र नागरिकले कस्तो न्याय पाएका छन् भन्नेबारेमा जिज्ञासा राखेका थिए । यस्तै स्थानीय अदालत स्थापनाका विषयमा भइरहेको प्रगतिका बारेमा समेत चासो राख्दै सांसदहरुले अधिकांश स्थानीय तहमा महिला नै उपप्रमुखमा निर्वाचित भएकाले उनीहरुमार्फत आम महिलालाई अधिकार दिलाउन पनि सहज संयन्त्र जरुरी रहेको बताए । सांसदहरु दीनानाथ शर्मा, कालीबहादुर मल्ल, विमला राई पौडेल, रमेशजङ्ग रायमाझी, प्रमीलाकुमारी यादवले कतिपय स्थानमा प्रमुख तथा उपप्रमुखको विवादका कारण पनि स्थानीय तहमा नै न्याय पाउने अधिकारबाट नागरिक बञ्चित भएकाले सहजीकरण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालाई निर्देशन दिए । यस्तै स्थानीय तहमा कम्तीमा पनि कानूनी अधिकृतको दरबन्दी जरुरी रहेको भन्दै उहाँहरुले महिला, बालबालिका तथा अल्पसङ्ख्यक समुदायको मुद्दामा सहज न्याय दिने विषय प्राथमिकतामा राख्नुपर्ने बताए । सो अवसरमा सचिव थपलियाले भने “स्थानीय तहलाई सबल र सक्षम बनाउन मन्त्रालयले चरणबद्धरुपमा तालीम सञ्चालन गरिरहेको छ, त्यसलाई नियमतिरुपमा अगाडि बढाउने प्रयास गरिएको छ ।” केही समयभित्रै स्थानीय निकायलाई प्रशिक्षण दिइ दक्ष बनाउन सातवटै प्रदेशमा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी पनि उनले दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: