काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको घटनामा सम्लग्नको आरोपमा चार महिना पश्चात फेरि प्रहरीले एक युवकलाई राजधानीबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट २२ वर्षका युवालाई निर्मला हत्या प्रकरणमा जोडिएको आरोपमा पक्राउ गरेको हाे । प्रहरीले उनको नाम भने गोप्य राखेको छ ।
उनलाई पक्राउ गर्ने बित्तिकै डिएनए टेस्टका लागि स्याम्पल पठाइएको सिआइबीले जनाएको छ । प्रहरीका अनुसार ती युवामाथि प्रहरीलाई सुरुवाती दिनदेखि नै शंका थियो । तर, उनी भारतमा भएको परिवारले बताउँदै आएको थियो । निर्मला हत्या प्रकरणमा उनको केही न केही हात हुन सक्ने अनुमान प्रहरीले गरेको छ । सिआइबीले थप २५ जनामाथि सोधपुछ भइरहेको जनाएको छ ।
कञ्चनपुर प्रहरीले यसअघि गत भदौ ४ गते निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तनगर–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वावसँग’ मेल नखाएपछि उनी थुनामुक्त भएका थिए । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
बलात्कारपछि हत्या गरिएकी बालिका पन्तलाई न्याय माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले ’वी वान्ट जस्टिस’ भन्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरे । निर्मलाले न्याय नपाएसम्म आफूहरु आन्दोलित हुने उनीहरुले बताएका छन् । कार्यक्रमस्थलमा विद्यार्थीहरुले कान थुनेर, अनुहारमा कालोपट्टि बाँधेर सरकारको विरोध गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: