Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मेक्सिकोमा पनि सत्य निरुपण आयोग

मेक्सिकोका नयाँ राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्‍याडोरले बेपत्ता भएका ४३ जना विद्यार्थीहरूको बारेमा अनुसन्धान गर्न एउटा सत्य निरुपण आयोग गठन गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।

सन् २०१४ मा ती विद्यार्थीहरूलाई इग्वाला नगरबाट अपहरण गरिएको थियो र सुरक्षाफौजका सदस्यहरूमाथि उनीहरूको हत्या गरेको आरोप लाग्दै आएको छ। ओबर्‍याडोरले राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो दिन नै बेपत्ता पारिएका ती ४३ जना विद्यार्थीहरूको बारेमा छानबिन गरिने घोषणा गरेका हुन्। मेक्सिको तथा विश्वलाई नै स्तब्ध तुल्याउनेगरी भएका भनिएका ती हत्याबारे अहिलेसम्म यो स्तरमा कुनै छानबिन भएको छैन। पैसठ्ठी वर्षीय ओबर्‍याडोर तेस्रो पटकको प्रयासमा गत जुलाई महिनामा ठूलो जित हासिल गर्दै राष्ट्रपतिमा चुनिएका हुन्। शनिवार उनलाई राष्ट्रपतिको शपथ दिलाइएको थियो। \"\" राष्ट्रपतिको शपथग्रहण समारोहमा बोल्दै ओबर्‍याडोरले आफ्नो कार्यकालमा भ्रष्टचार र दण्डहीनताविरुद्ध लड्ने आफ्ना प्राथमिकताहरू हुने बताएका थिए। इग्वाला नगरमा भएका हत्याबारे छानबिन थालिने उनको प्रमुख चुनावी वाचा रहँदै आएको थियो। ती विद्यार्थीका परिवारहरूलाई न्याय दिलाइने प्रत्याभूति पनि ओबर्‍याडोरले पुनः दिएका छन्। विद्यार्थी बेपत्ता प्रकरणसम्बन्धी व्यापक आक्रोश भएपनि संवाददाताहरू भन्छन् घटनाबारे अर्थपूर्ण कदम वा संलग्नमाथि कुनै अभियोजन अघि नबढाइएको कार्य पूर्ववर्ती सरकारमाथि लागेको एउटा दाग हो। मेक्सिकोमा कैयौँ हप्तासम्म चलेका विरोधप्रदर्शनहरूपछि ती विद्यार्थीहरू बेपत्ता भएका थिए। सरकारी सुविधा कटौती गर्ने उनको अभियानको हिस्सास्वरुप ओबर्‍याडोरले राष्ट्रपतिको विमान बेच्नेसहितका उनका अन्य चुनावी वाचाहरूलाई पनि पूरा गर्नेतर्फ काम थालिसकेका छन्। राष्ट्रपति भएपछि ओबर्‍याडोरले आइतवार अन्य यात्रुहरूसँगै एउटा व्यवसायिक विमानमा उडान पनि गरेका थिए। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending