सुसील कोइरालाको बहिर्गमन पछि प्रधानमन्त्रीका प्रबल दावेदार ओली र शेरबहादुर देउवावीच ब्यबस्थापिका —संसदमा निर्वाचन हुने लगभग पक्का छएमालेका शीर्ष नेताहरुको दाउपेच पनि कम रोचक छैन । केही समय अघिसम्म तल्लो स्तरको गालीगलौजमा उत्रेका ओली—प्रचण्डवीच भएको सम्बन्ध सुधारले कांग्रेसलाई झस्काएको मात्र छैन,एमालेका बरिष्ठ नेता झलनाथ खनाल र एमाओबादी बरिष्ठ नेता बाबुराम भट्टराईलाई समेत बेचैन बनाई दिएको छ । झलनाथ खनालले आफूलाई राष्टपतिको उम्मेद्वार बनाउने ओलीको आश्वासन पछि माधव नेपाललाई जान सक्ने ७० भोट रद्द गराएका थिए । एमालेको नवौं महाधिवेशनमा ओलीको विजयको प्रमख कारण त्यही थियो । त्यही कारण खनालको बेचैनी ओली प्रधानमन्त्री बन्ने हुन ्कि भन्नेमा छ । ओली प्रधानमन्त्री भएमा उनको झिनो आशामाथि समेत तत्काल तुषारापात हुनेछ । अर्कातिर एमालेका अर्का प्रभावशाली नेता माधव नेपाल ओली—प्रचण्डको गठबन्धन बनाएर ओलीलाई प्रधानमन्त्री बनाउन चाहन्छन् । यसो गर्दा आफ्नो पार्टीको नेतृत्वमा सरकार पनि बन्ने कार्यबाहक अध्यक्ष बनेर पार्टी हाँक्न पनि पाइने दुइटा फाइदा देखेका छन् उनले । उता एमाओबादी बरिष्ठ नेता बाबुराम भट्टराई एमाले—एमाओबादी सम्भावित गठबन्धनप्रति त्यति सकारात्मक देखिदैनन् । त्यसका पनि दुई कारण छन् । संविधानसभाको सबभन्दा ठूलो र सत्ताको प्रमुख खेलाडी कांग्रेसलाई बाहिर राखेर निर्माण गरिने गठबन्धन कमजोर हुन्छ भन्ने उनको धारणा छ । यही मौकामा पार्टीभित्र र बाहिर परिणाममुखी भूमिका खेल्न नसकेका प्रचण्डलाई राष्टपति बनाउन सके पार्टीको गिरेको साख पनि माथि उठ्ने तथा आफूलाई निर्विरोध पार्टी सत्ता प्राप्त हुने उनको बुझाई छ । यसो भन्न सकिन्छ, राष्टिय सरकारको चर्चा कसैलाई सत्ता टिकाउन आवश्यक भएको छ भने कसैलाई बर्तमान सत्ता गिराउन । संविधान निर्माणमा असफल भई सकेको बर्तमान सरकार महाभूकम्पको व्यबस्थापनमा त झन असफल भयो । त्यसकारण यो सरकारलाई विस्थापन गर्न ढिलो भईसकेको छ । सुसील कोइरालाको बहिर्गमन पछि प्रधानमन्त्रीका प्रबल दावेदार ओली र शेरबहादुर देउवावीच ब्यबस्थापिका —संसदमा निर्वाचन हुने लगभग पक्का छ । र, एमाओबादी नेतृत्वको मोर्चाको मत प्राप्त जसले गर्छ, उसैको सिंहदरबार यात्रा सुनिस्चित हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: