Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बुवालाई पठाएको चिठ्ठि कसरी पुग्यो स्वर्गमा ? हुलाकले दियो यस्तो जवाफ

\"स्वर्गमा\" आफ्ना बुवालाई जन्मदिनको सन्देश चिठ्ठीमार्फत् पठाएका एकजना बालकले हुलाकबाट \'उक्त पत्र सुरक्षित रुपमा पुग्यो\' भन्ने जवाफ पाए।

\'रोएल मेल\' नामक ब्रीटेनको हुलाक सेवाले उक्त पत्र पुगेको भनी जवाफसहितको पत्र ती बालकलाई पठाएको हो। वेस्ट लोथियानका सात वर्षीया जेस हाइण्डमनले उनले पठाएको पत्रले निकै कठिन यात्रा पार गरेर बुवा जेम्ससम्म पुगेको भन्ने जवाफ पाए। उनकी आमा टेरी कोपल्याण्डले भनिन्, \"मैले भन्नै सक्दिनँ उ आफ्नो बुवाले त्यो सन्देश पाए भन्ने थाहा पाउँदा कति भावुक भयो भनेर।\" \"\"

जवाफ

\"रोएल मेलले मानवता छ भन्ने मेरो विश्वास पुर्स्थापित गरिदियो।\" जेसले आफ्ना बुवालाई लेखेको पत्र \"स्वर्गमा\" पुर्याउन गरेको अनुरोधमा रोएल मेलका शन मिलिगनले लेखेका छन्: \"म तपाईँलाई सम्पर्क गर्ने यो अवसरमा हामीले कसरी तपाईँको स्वर्गमा रहेका बुवालाई पत्र पठाउन सफल भयौं भनेर बताउन चाहन्छु।\" \"स्वर्ग पुग्ने बाटोमा आउने ताराहरू र अन्य आकाशगंगाका विभिन्न चीजहरूलाई पार गर्न यो कठिन चुनौती थियो,\" उक्त पत्रमा लेखिएको छ। निष्कर्षमा लेखिएको छ: \"म सुरक्षित रुपमा पत्रहरू स्वर्ग पुर्याएको आश्वस्त पार्नसक्ने सबै कुराहरू निरन्तर गर्नेछु।\" रोएल मेलले जेसलाई जवाफ पठाएको पत्रसम्बन्धी फेसबुक पोष्ट दुई लाख भन्दा बढी पटकसम्म श्यर गरिएको छ।

\'भावुक\'

जेस र उनकी १० वर्षीया दिदी निभले आफ्नो बुवाको सन् २०१४ को मे महिनामा निधन भएयता सधैँ जन्मदिन मनाउने गरेका छन्। कोपल्याण्डले भनेकी छन्: \"उ निकै भावुक बन्यो र भनिरह्यो \'मेरो बुवाले साँच्चै मेरो पत्र पाउनुभयो आमा\'… मैले जेस र निभलाई सधैँ भनेको छु तिमीहरूले कसैलाई उपहार दिन नपाए पनि क्रिस्मस र जन्मदिनमा सधैँ कार्डमार्फत् सन्देश पठाउनु निकै राम्रो हो।\" \"म चाहन्छु मानिसहरूले महसुस गरून् की कसैको एउटा सानो दयालु कामले कसैको जीवनमा कति उत्कृष्ट असर पार्नसक्छ… रोएल मेलले त्यसमा भाग लियो र त्यसले मलाई निकै सहज बनाएको छ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending