Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

बिष्णु रिजाल र युवराज चाैलागार्इंको मागः हामि लज्जित भयाैं अष्ट्रेलियाकी राजदूतलार्इ कारवाहि गर्

काठमाडाैं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई फिर्ता बोलाउन सरकारमाथि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)भित्रै दबाब बढेको छ । आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा आएकी शेर्पालाई राजदूतबाट फिर्ता बोलाउनुपर्ने आवाज उठेको हो । नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका सवारी चालक ओङ्छु शेर्पाबाटसमेत लक्कीले मोटो रकम असुलेर त्यहाँ लगेको खुलासा भएको छ । चालक शेर्पाले लक्की र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग सुरुमा २२ लाख रकम लिएको आरोप लगाएका छन् । अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पत्तिले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको उनको भनाइ छ । त्यहाँ पुगेपछि पनि कूल ६० लाख दिनुपर्ने पूर्वसर्त अनुसार आफूले मासिक एक हजार डलर शेर्पा दम्पत्तिलाई बुझाउने गरेको उनको भनाइ छ । यसैबीच नेकपाका युवा नेता विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत कूटनीतिक मर्यादाविपरीत मानवतस्करीजस्तो गम्भीर आरोप लागेकी राजदूत शेर्पालाई बर्खास्त गरी स्वदेश फर्काउन माग गरेका छन् । रिजाल तत्कालिन नेकपा एमालेका प्रचार विभाग सचिवसमेत हुन् । नेता रिजालले शेर्पामाथि उनकै सहयोगीले मानव तस्करी जस्तो संगीन आरोप लगाएको उल्लेख गर्दै कुटनीतिक क्षेत्रसँग पूर्णतः असम्बन्धित उनलाई त के मतलब तर यस घटनाले देशलाई कुटनीतिक बृत्तमा लज्जित बनाएको छ भनेका छन् । रिजालले उनलाई तुरून्त बर्खास्त गरी क़ानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । विगतमा विवादमा आउनासाथ विश्व प्रधान, माया शर्मा, हमिद अन्सारीलागायत राजदूत बर्खास्तीमा परेको सन्दर्भ उनले स्मरण गराएका छन् । त्यस्तै युवराज चौलागाईंले पनि नाम उल्लेख नगरि पद दुरूपयोग गर्नेलार्इ कारवाहिको माग गरेका छन् । चौलागाईं तत्कालिन माओवादी केन्द्रका विदेश विभाग सचिव हुन् । दुवै नेता हाल केन्द्रीय सदस्य छन् । तत्कालिन एमालेबाट संविधानसभा सदस्य भएकी शेर्पापछि माओवादी केन्द्र प्रवेश गरिन् । उनी माओवादी केन्द्रको कोटामा राजदूत बनेकी हुन् । चौलागाईंले पनि मुलुकको दूतको भूमिकामा रहेकी शेर्पामाथि मानव तस्करीको संगीन आरोप लागेको र त्यसबाट अन्तर्राष्ट्रिय समुदायसामु मुलुकको शीर झुकेको उल्लेख गरेका छन् । उनले नेकपाको समेत सिफारिसमा त्यस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको व्यक्तिबाट त्यसखालको आपत्तिजनक काम भएको सुन्दा आफूहरु लज्जित भएको बताएका छन् । नेकपा र सरकारले यस परिघटनालाई अत्यन्त गम्भीरता पूर्वक लिई छानबिन गर्नु पर्ने र पदीय दुरुपयोग गर्नेमाथि कडा कारबाही गर्नुपर्ने माग चौलागाईंको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: