Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १५ मङ्सिर  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती’ विषयको पुस्तक सार्वजनिक गर्दै उनले सरकारको कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिनुपर्ने बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “हाम्रा विकास नीति, बजेट तथा कार्यक्रम राष्ट्रिय पूँजी निर्माण गर्न केन्द्रित छन् की छैनन्, समाजवादको आधारका रुपमा रहेको राष्ट्रिय पूँजीको विकास गर्न खोज्दा हाम्रो गतिविधिले कतै दलाल पूँजीको विकासमा मद्दत पुगेको त छैन भन्ने प्रश्न गर्नुभयो ।” समाजवाद उन्मुख राजनीति, अर्थतन्त्र, संस्कृति र विकासको समग्र आयामबारे चिन्तन, मनन र अध्ययन गर्नुपर्ने समय आएको बताउँदै उनले समाजवादतर्फ अघि बढ्ने प्रयास जारी रहेको प्रष्ट्याए । उनले भने, “अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो, कम्युनिष्ट आन्दोलनभित्र अत्यन्त रुढीवादी चिन्तन हावी देखिएको अवस्थामा समाजवादको धरातललाई बलियो बनाउनु जरुरी छ ।” राम्रो भविश्यको चाहनामा विभिन्न चरणमा जनताले सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले  सङ्घर्षको एउटा बिन्दुमा समझदारीमार्फत गरिएको राजनीतिक घोषणा राज्यका अङ्गले अङ्गीकार गर्न नसक्दा पूराना र नयाँ लडाइँमा पूरानो विचार हावी भएको बताए । उनले भने, “सडकमा सङ्घर्ष गर्दा राजनीतिक नेतृत्व हावी हुने तर सत्तामा पुग्दा राजनीतिक नेतृत्व असफल हुने अवस्था सिर्जना भएको छ ।” गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व संविधानको आधारस्तम्भका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले यी चार आधारस्तम्भ मध्ये एक कमजोर हुँदा मुलुक अप्ठ्यारोमा पर्न सक्नेतर्फ सचेत गराउनुभयो । उनले भने, “सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास भइराखेको छ, यसलाई संस्थागत बनाउन सबै एकताबद्ध हुनु जरुरी छ ।” नेकपाका महासचिव विष्णु पौडेलले मुलुकमा व्यवस्था बदलिय पनि जनताको आर्थिक तथा सामाजिक अवस्था अहिले पनि दयनीय रहेका बताउँदै नेकपाले मुलुकको सामाजिक, आर्थिक रुपान्तण गर्दै समाजलाई बदल्ने सङ्कल्प गरेको बताए । उनले भने, “जनताको जीवन बदल्न बाँकी छ, जनताको आर्थिक तथा सामाजिक जीवन बदल्ने अभिभारा हाम्रो काँधमा छ, त्यो अभिभारा पूरा गर्न हाम्रो नेतृत्व तयार छ, आर्थिक समृद्धि र सामाजिक न्यायका माध्ययमबाट समाजलाई बदल्ने सङ्कल्प गरिएको छ ।” पुस्तकमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविश्द्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भूसालले संविधानले निर्दिष्ट गरेका र नेकपाको चुनावी घोषणापत्रले परिकल्पना गरेको स्वाधीन अर्थतन्त्रको निर्माण कसरी सम्भव छ भन्ने विषयलाई पुस्तकले प्रष्टयाएको बताए । उनले मुलुकको आर्थिक नीति बनाउन र समृद्धिको मार्गचित्र कोर्न पुस्तकले सहयोग गर्ने बताए । त्रिविका प्राध्यापक डा सूर्य थापाले पुस्तकले वैज्ञानिक समाजवाद निर्माणका लागि जनमत सिर्जना गर्न योगदान पु-याउने बताए । लेखक क्षेत्रीले पछिल्लो समयमा भएको वाम एकता र नयाँ समाजवादको कल्पनामा राज्य नियन्त्रित नभएर नयाँ आयामको समाजवाद विकास गर्नु रहेको उल्लेख गर्दै पुस्तकले व्यक्ति र समुदाय, निजीत्व र निजीकरण, राज्ययन्त्र र बजारयन्त्र, सेवा र मुनाफालाई सन्तुलित उपयोग गर्न सक्ने नयाँ समाजवाद निर्माणको बहस सिर्जना गर्ने बताए ।  सङ्ग्रीला बुक्सले प्रकाशनमा ल्याएको पुस्तकमा विचार, विकास, उद्योग र श्रम तथा भूमि र कृषि गरी तीन खण्डमा नेपालको अर्थराजनीतिक अबस्थाका बारेमा विश्लेषण गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending