Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

हुम्लामा स्याउ बिक्री नहुँदा किसान चिन्तित

हुम्ला ।  यसवर्ष जिल्लामा कूल उत्पादन स्याउमध्ये आधा भन्दा बढी बिक्री नभएको पाइएको छ । देशको एक मात्र जिल्ला राष्ट्रिय सडक सञ्जालभन्दा बाहिर भएकाले यातायातकै असुविधाका कारण यति धेरै स्याउ बिक्री हुन नसकेको हो । एक हजार ५०० रोपनीमा चार सयभन्दा बढी बोटबाट यसैवर्षदेखि स्याउ फलाउन शुरु गर्नुभएका सिमकोट गाउँपालिका–६ का कृषक जयचन्द्र रोकायाले ८० क्वीन्टल स्याउ उत्पादन भए पनि रु १० हजारको मात्र बिक्री भएको बताए । पच्चीस देखि ३० क्वीन्टल स्याउ भण्डारण गर्नुभएका रोकायाले उचित व्यवस्था नहुँदा १२ क्वीन्टलसम्म हाल सडेगलेको र कुहिएको बताए । “दश देखि १२ क्वीन्टल चाना (सुकुटी) बनाएर हिउँदमा पशुवस्तुलाई खोलेसँगै मिसाएर दिने तयारी गरेको छु”, उनले भने । त्यसमध्ये केही घरका सदस्यले खाएको र केही आफन्तलाई दिने गरेको उनले बताए । यातायात सुविधा नभएकैले उत्पादित स्याउले बजार नपाउँदा तत्काललाई निरासा छाए पनि भविष्यमा राम्रै हुने विश्वास रोकायाले व्यक्त गरे । “स्याउ खेतीबाट राम्रो कमाइ हुने विश्वास थियो, अहिले ठेस लागेको छ”, उनले भने । पालिका अध्यक्ष पदमबहादुर लामाले एक हजार २०० स्याउ बोटको फारम बनाए पनि चार सय बोटबाट स्याउ उत्पादन हुँदा ६० क्वीन्टल स्याउ फलेको तर रु ४० हजारको मात्र बिक्री भएको बताए । उत्पादन राम्रो भएको अवस्थामा पनि बजारकै समस्याले हालसम्म बिक्री हुन नसकेको उनले बताए । धेरै लगानी गरेर स्याउ फारमबाट यसपाली ४० क्वीन्टल स्याउ घरको खाली कोठामा भण्डारण गरिएको र केही भने साथीभाइलाई उपहार दिँदै सकिएको उनले बताए । बाँकी कुहिएर खेर गएको लामाले बताए जिल्लाको नाम्खा गाउँपालिकाको केही भू–भाग बाहेक अन्य सबै क्षेत्रमा स्याउखेती लगाउन सकिने कृषि ज्ञान केन्द्रका कर्मचारी बलबहादुर फडेराले बताए । आर्थिक वर्ष ०७४र७५ सम्म जिल्ला भरिमा ५३० दशमलब ६९ प्रतिशत हेक्टर जमीनमा स्याउखेती लगाइएकोमा यसपाली स्याउका बोटबाट चार हजार १२० मेट्रिक टन उत्पादन भएको र त्यसमा दुई हजार एकसय मेट्रिक टन मात्र बिक्री हुनसकेको उनले बताए । उनका अनुसार कूल उत्पादन मध्ये साढे तीन सय मेट्रिक टन स्याउ कुहिएर खेर गएको छ । जिल्लामा जम्मा एक लाख ६३ हजार स्याउको बोट रहेको पनि उहाँले जानकारी दिए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies