Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

माडीवासीका मागका सम्बन्धमा प्रचण्डको चासो

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका हुन् । सो क्षेत्रका सांसद समेत रहनुभएका प्रचण्डले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिनुभएको हो । दुई दिनअघि जङ्गली हात्तीले दुई महिलालाई आक्रमण गरी मारेपछि बिहीबार बिहानैबाट माडीवासी आन्दोलित भएका थिए । दिनभरको प्रयासपछि साँझ वार्तामार्फत आन्दोलन स्थगित गराइएको थियो । प्रजिअ बस्नेतले भने, “अध्यक्ष प्रचण्डले माडीवासीको मागका विषयमा जानकारी लिएर त्यसलाई पूरा गराउने प्रतिबद्धता जनाएका हुन् ।” पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डको टेलिफोनपछि प्रमुख जिल्ला अधिकारी बस्नेत आफै वार्तामा सहभागी हुन माडी पुगेका थिए । सम्झौतापछि सोको जानकारी आफूले प्रचण्डलाई गराएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । सहमतिमा पीडित पक्षलाई तत्काल माडी नगरपालिकाबाट किरिया खर्च बापत रु २५ हजार उपलब्ध गराउने, क्षतिपूर्तिबापत राज्यले उपलब्ध गराउने रकम एक महीनाभित्र उपलब्ध गराउने, यस अघिका घटनाका क्षतिपूर्ति रकम पनि एक महीनाभित्र उपलब्ध गराउने, हात्तीलाई तत्काल बस्ती प्रवेश गर्न रोक लगाइ नियन्त्रणमा राख्ने सहमति भएको छ । यसैगरी प्राविधिक टोलीले उक्त हात्तीको पहिचान गरी आवश्यकता अनुसार उनीहरुको सुझावमा दाह्रा काट्ने लगायतका कार्य गर्ने सहमति भएको छ । हात्तीलाई मार्नुपर्ने अवस्था आएमा जनप्रतिनिधि र निकुञ्जको समेत सिफारिसमा सम्बन्धित निकायमा अनुरोध गर्ने, निकुञ्ज ऐनलाई समय सापेक्ष परिमार्जन गर्ने सहमति भएको थियो । मृतक सुशीला भण्डारीका दुई छोरालाई शिक्षाका लागि माडी नगरपालिकाले रु पाँच लाख व्यवस्था गर्ने, अर्की मृतक कृष्णकली जैसी पौडेलका छोरालाई माडी नगरपालिकामा रोजगारीको व्यवस्थापन गर्ने सहमति भएको छ । बुधबार दिउँसो रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीयबासी ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया कृष्णकली जैसी पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । यसैबीच निकुञ्जले हात्ती नियन्त्रणका लागि प्राविधिक सहितको टोली परिचालन गरेको छ । आठजना प्राविधिक सहित २० जना सुरक्षाकर्मी परिचालन भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए । हात्तीलाई डार्ट गरेर बेहोस् बनाउने, दाह्रा काट्ने र सेटेलाइट रेडियोकलर जडान गरी छाड्न निर्देशन दिइएको छ । प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार त्यस पश्चात पनि बस्ती पसेमा सो हात्ती मार्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । बिहीबार राति भने हात्ती बस्तीमा पसेको छैन । यो आर्थिक वर्षमा सो हात्तीले दुई महिलासहित तीन जनाको ज्यान लिइसकेको छ । हात्ती पर्साबाट आएको बताइएको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies