काठमाडौं । तलबका बारेमा विवाद हुँदा आफ्नै सवारी चालकले काठमाडौँ गोङ्गबुका एक बालकको अपहरणपछि हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहका अनुसार स्याङ्जा भिरकोट नगरपालिका–७ घर भई हाल काठमाडौँ २६ मित्रनगर बस्ने २२ वर्षका महेन्द्र एसके (सार्की)ले तलब र जागीरको विवादका कारण बालकको अपहरणपछि हत्या गरेका हुन् । उनी एक महीनादेखि उक्त गेष्ट हाउसमा सवारी चालकका रुपमा काम गर्दै आएका थिए ।
घटनामा संलग्न रहेको आशङ्कामा आज दिउँसो पक्राउ गरी सोधपुछ गर्दा सो रहस्य बाहिर आएको प्रहरीले जनाएको छ । बालक बेपत्ता भएको उजुरी परेपछि दुई दिनदेखि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भने, “धेरै अनुसन्धान बाँकी नै छ, प्रारम्भिक अनुसन्धानमा रिसले हत्या गरेको स्वीकार गरेको छ, अपहरण, शरीर बन्धकपछि हत्यामा मुद्दा चल्छ ।” पैसाको माग गरे÷नगरेकामा भने खुल्न बाँकी रहेकोसमेत उनले बताए । मालिकले गालीगलौज गर्ने, बालकले पनि घृणा गर्ने र प्रविणसँग जागीर र तलबका विषयमा विवाद भएपछि आवेगमा हत्या गरेको सार्कीले स्वीकारेको उनले बताए । उनले मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका ६ः४५ बजे नागर्जुनको जङ्गलमा लगेर नाँक, मुख थुुनी घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको प्रहरीले जनाएको छ । त्यसपछि होटलमा आएर उनले बालकको खोजतलासमा सहयोग गरेकोसमेत प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोङ्गबुको म्हैपी पुलमुनि बालकको शव फेला परेको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: