Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

तातोपानीस्थित मितेरीपुल दुई महिनामा बन्ने

सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशी बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल–चीन सीमाको मितेरी पुल निर्माण कार्य आगामी दुई महीनाभित्र सम्पन्न हुने भएको छ । चीनको खासामा बुधबार भएको द्विपक्षीय सीमा सुरक्षा बैठकमा चिनियाँ पक्षले यसबारे जानकारी गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र विसं २०७३ असारमा भोटेकोशी आएको बाढीबाट उक्त क्षतिग्रस्त भएको थियो । बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रणका लागि सुरक्षा व्यवस्था सदृढ र सबल बनाउनेमा दुबै पक्षबीच सहमति भएको प्रजिअ अधिकारीले बताए । भूकम्प र बाढीबाट क्षतिग्रस्त बाह्रबिसे तातोपानी २६ किमी सडक तथा पुल चिनियाँ सरकारको सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रकसन कम्पनी फोर्टिन (१४) ब्युरोले निर्माण गर्ने ठेक्का पाएको छ । सडक तथा पुल निर्माण कार्यमा स्थानीबासीले अनावश्यक माग राखी अवरोध सिर्जना गरिरहेकोेप्रति चिनियाँ पक्षले चासो राखेको थियो भने नेपाली पक्षले त्यस्तो हुन नदिइने विश्वास दिलाएको प्रजिअ अधिकारीले बताउनुभयो ।  लार्चास्थित सुक्खा बन्दगाहको काम पनि सोही कम्पनीले गरिरहेको छ । आगामी जेठमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि काम शुरु गरेको सात महीनामा झन्डै ८० प्रतिशत कार्य सम्पन्न भएको बताइएको छ । भोटेकोशीमाथिको क्षतिग्रस्त मितेरी पुल अब १२ मिटर चौडाइको निर्माण हुनेछ । त्यसैगरी सडकको चौडाइ पनि साविकबाट बढाई १२ मिटर गरिने भएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: