Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

व्यावसायिक फलफूल खेतीलाई प्राथमिकता दिइने

बलेवा ।  फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो । नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताए । किसानलाई प्रोत्साहन गरी फलफूलको उत्पादन बढाउन नगरपालिकाले चासो देखाएको हो । नगरपालिकाका–१४ वडामध्ये अधिकांश वडामा सुन्तला, मेवा, लिच्ची लगायतका फलफूल खेतीको सम्भावना रहेकाले त्यसको व्यावसायिक उत्पादनमा जोड दिन कार्यक्रम ल्याइएको कुँवरले बताए । यो आर्थिक वर्षमा व्यावसायिक फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । “उत्पादनमार्फत समृद्धिको बाटो खोजिएको हो, जसका लागि फलफूल खेती महत्वपूर्ण बन्न सक्छ”, कुँवरले भने, “केन्द्र सरकारले लिएको आर्थिक समृद्धिको कार्यक्रमलाई सघाउने यो हाम्रो सानो प्रयास हो ।” उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउने गरी बजेटको व्यवस्थापन गरेर कार्यक्रम ल्याइएको नगर प्रमुख जनकराज पौडेलले बताए । बागवानी विकास कार्यक्रम अन्तर्गत सुन्तला, कागती, आँप, लिच्ची र मेवाका बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन थप रु आठ लाख बजेट गरिएको छ । किसानलाई तरकारी तथा फलफूल खेतीमा आकर्षित गरी उत्पादनमुखी बनाउन अनुदानमा बिरुवा वितरणको कार्यक्रम तय गरिएको पौडेलले जानकारी दिए । “सामान्य घरायसी प्रयोजनका लागि मात्रै हामी कहाँ फलफूल खेती हुने गरेको छ” पौडेलले भने, “व्यावसायिक उत्पादन गरेर अर्थोपार्जन हुने गरी कार्यक्रम ल्याइएको हो ।” कार्यक्रममा किसानलाई सहभागी बनाउन आर्थिक विकास समितिले योजना बनाउने छ । समितिले बनाएको योजनाका आधारमा समूह वा व्यक्तिलाई अनुदान उपलब्ध गराउने विषयमा निर्णय गरिने नगरपालिकाले जनाएको छ । फलफूल खेतीका लागि आवश्यक जैविक मलका लागिसमेत नगरपालिकाले सघाउने योजना बनाएको छ । जैविक मलको उत्पादन, सीप विकास र प्रवद्र्धनका लागि रु छ लाख बजेटको व्यवस्था गरिएको छ । कृषि तथा बागवानी विकास कार्यक्रममा रु ५५ लाख ५० हजार खर्च गर्ने नगरपालिकाले झण्डै रु २४ लाख फलफूल खेतीमा खर्चने छ । विभिन्न शीर्षक दिएर फलफूल खेतीको सुधार विस्तार र बजारी करणका लागि प्राथमिकतामा राखिएको हो । बागलुङ बजारमा बिक्री वितरण हुने फलफूल सबै आयात हुने भएकाले यहाँ उत्पादन हुने फलफूलको बजारीकरणमा समस्या नरहेको कुँवरले बताए । किसानले व्यावसायिक रूपमा फलफूलको उत्पादन गर्नसके बागलुङ बजारमा बिक्री गर्न सकिने उनको विश्वास छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies