Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी

सुर्खेत ।  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताएका छन् । प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक बन्दै गएको बताए । “लागुऔषध दुव्यर्सनी हामी सबैको साझा शत्रु हो,” उनले भने, “यसका विरुद्ध युद्धस्तरमा काम गर्न हामी सबै जुट्नुपर्छ ।” मानव समाजको कलङ्कका रूपमा देखा परेको यो विकृति विरुद्ध अभियान चलाउने प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णालीलाई धन्यवाद दिँदै कानूनमन्त्री भण्डारीले भने, “कर्णाली प्रदेश सरकारले यो प्रदेशलाई लागुऔषध प्रयोग विहीन प्रदेश स्थापनाको लक्ष्य लिएर चालु आवमा रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ, यो डर लाग्दो प्रवृत्तिका विरुद्ध तपाईं हामी ऐक्यबद्ध भएर लागौँ ।” कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेश विक्रम शाहले कर्णाली प्रदेशमा सबैभन्दा बढी लागु औषध दुव्र्यसनी र मदिराका घटना भएको बताए । “लागुऔषध र मदिरा लगायत सबैखाले विकृति विरुद्धको अभियान शहरमा मात्र होइन, गाउँ बस्तीसम्म पु¥याउँछौँ,” प्रहरी नायब महानिरीक्षक शाहले भने । प्रदेश प्रहरी श्रीमती सङ्घका अध्यक्ष महिमा शाहले भोलिको होनाहार पुस्तालाई सही मार्गदर्शन गराउन लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतना अभियान थालिएको बताए । “हामीले यो अभियानबाट आध्यात्मिक, सांस्कृतिक, वैयक्तिक र सामाजिक परिवर्तन गर्ने लक्ष्य लिएका छौं,” अध्यक्ष शाहले भने “देशका सात प्रदेश गरेर हालसम्म चार हजार ३७६ जनालाई उपचार गरी पठाइसकेका छौँ ।” ‘आसरा सुधार केन्द्र’ रानीबारी, काठमाडौँका परामर्शदाता लवज पुरीले प्रहरी श्रीमती सङ्घसँगको सहकार्यमा कर्णाली प्रदेशका जुम्ला, कालीकोट, मुगु र सुर्खेत जिल्लाका विभिन्न विद्यालयगरी हालसम्म जम्मा तीन हजार ४१९ विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीसम्बन्धी जनचेतना जगाइएको बताए । उक्त कार्यक्रममा दुव्र्यसनीका विरुद्ध राम्रो काम गर्ने जिल्ला प्रहरी कार्यालय जुम्ला, मुगु, कालीकोट, सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत, प्रहरी तालीम केन्द्र सुर्खेत, प्रहरी नायव निरीक्षक मञ्जु चौधरीलाई प्रशंसापत्र र सवारी चालक शेरबहादुर महतो, लोकबहादुर महतो र महादेव गिरीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies