Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

विकास ‘डोनर’ले होईन जनताले गर्छ : मुख्यमन्त्री शाही

कालीकोट ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विकासकार्य ‘डोनर’ले नभई जनताले गर्ने बताएका छन् । जिल्ला समन्वय समिति कालीकोटद्धारा आयोजित दोश्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको अभियानमा जनतालाई गोलवन्द गर्नुपर्ने बताए । स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले भने– ‘तपाई हामीलाई जनताले सरकारमा पठाएका हुन, हामी जनतातिरै फर्कनुपर्छ ।’ विकास अभियानमा दातृनिकायको सहयोगी भुमिका मात्र हुने बताउदै जनतालाई साथमा नलिई विकास र समृद्धिको अभियान पुरा नहुने उनको भनाई छ ।
मुख्यमन्त्री शाहीले नकारात्मक सोच र राजारजौटाको शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने वताउदै जनप्रतिनिधिहरु जनताको सेवकका रुपमा रहनुपर्ने धारणा राखे ।
कालीकोटको मात्र नभई सिंगो कर्णालीको विकासका लागि आफुले आर्थिक श्रोतको अभाव हुन नदिने वताउदै मुख्यमन्त्री शाहीले श्रोतको सदुपयोग र दिगो विकासमा ध्यान दिन आग्रह गरे । ‘जनतालाई उत्पादनमुलक काममा नजोडी समृद्धि प्राप्त हुदैन ।’ मुख्यमन्त्री शाहीले भने–‘कृषि, उद्योग, पर्यटन, जडिवुटी लगायतका क्षेत्रमा उत्पादनमुलक योजना निर्माण गरेर काममा लाग्नुस ।’
कर्णालीको योजनावद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको वताउदै मुख्यमन्त्री शाहीले नतिजामुखी र नमुना काम गर्ने अठोट व्यक्त गर्नुभयो । प्रदेश योजना आयोगले प्रदेशको वहुआयामिक विकासको लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको वताउदै मुख्यमन्त्री शाहीले तिनवटै तहको सहकार्यमा कर्णालीको विकास अभियान अगाडि बढ्ने बताए ।
विकटता र गरिविले चिनिएको कर्णालीलाई सुन्दरता र सम्भावनाको कर्णालीको रुपमा परिचित गराउन वर्षको आरम्भमै प्रधानमन्त्रीलाई रारामा वोलाएको बताउदै मुख्यमन्त्री शाहीले कर्णालीको विकास केन्द्र सरकारको समेत प्राथमिकतामा रहेको बताए । सभामा बाेल्दै स्थानीय तहका जनप्रतिनिधिहरुले कर्मचारी अभावको कारण आफुहरुलाई काम गर्न गाह्रो भएको गुनासो गरेका छन । कर्मचारी आपुर्तीमा केन्द्र सरकारले उदासिनता देखाएको भन्दै जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
यसैगरि जिल्ला सभा सफलताको शुभकामना दिँदै जिल्ला स्थित राजनैतिक दलका नेता तथा नागरिक अगुवाहरुले कालीकोटको विकास र समृद्धिको लागि सुनथराली विमानस्थलमा हवाई यातायात सुचारु गर्नुपर्ने, कर्णाली लोकमार्गको स्तरोन्नती र सडक पुल निर्माण कार्य तत्काल पुरा हुनुपर्ने, गुणस्तरीय रोजगारमुलक शिक्षाको व्यवस्था गर्नुपर्ने, साना तथा मझौला उद्योगहरुको विकास गर्नुपर्ने, पर्यटन र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्य जिवन वुढा, नरपति सुनार, प्रदेशसभा सदस्य कुर्मराज शाही र सोशीला शाही लगायतको उपस्थिति रहेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending