Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

६० वर्षे एकल महिलालाई बोक्सीको आरोपमा गाउँ निकाला

सुर्खेत, नेटा गाविस वडा नं. ८ की ६० वर्षे मनकली चपाई आफ्ना साना नातिनीहरु पालेर फालिकोट टोलमा बस्दै आएकी थिइन् । उनका श्रीमानलाई दश वर्षे द्वन्द्वकालमा तत्कालिन शाही नेपाली सेनाले हत्या ग¥यो । उनका एउटा मात्रै छोरा भारतमा मजदुरी गर्छन् । उनको साथमा ८ र ६ वर्षे नातिनी छन् । बुहारीले साना नानी छोडेर अर्काे विवाह गरिन् । सुरुदेखि नै संघर्ष गर्दै आएकी मनकलीलाई अहिले गाउँ छोड्न बाध्य बनाइएको छ । आफ्नै सामाजका नातेदारहरुले नै गाउँ छोड्न बाध्य बनाएपछि मनकली अहिले साना नातिनीहरुलाई एक्लै छोडी सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा बसिरहेकी छन् । स्थानीय नातेदारले नै उनलाई बोक्सी भन्दै गाउँ निकाला गरेका हुन् । बिरामी परेकी स्थानीय चन्द्रकली चपाईका लागि यही जेठ १२ गते रातको १० बजे धामी बोलाएको र बिरामी चन्द्रकलीले नै आफूलाई मनकली बोक्सी लागेको बताएको भन्दै गाउँलेले मनकलीलाई कुटपिट गरेरै गाउँ निकाला गरेका हुन् । सोही दिन राती चन्द्रकलीले मनकली बोक्सी लागेको भनी बकेको भन्दै स्थानीय मनकलीलाई घरमा बोलाउन पुगेका थिए । मनकलीले रातीमा साना नातिनीहरु छोडेर जान नसक्ने बताएपछि स्थानीयले बोरामा हालेर बाँधेर भिरबाट फालिदिने भन्दै गालिगलौज गरेको बताइन् । उनले आफूलाई धामी बसालेर बोक्सिनी बनाएर नचाउने भन्दै बोलाउन आएका पीडकहरुलाई आफू जान नसक्ने बताएपछि उनीहरुले ढोका नै फुटाएर मानबहादुर चपाईको घरमा लिएर कुटपिट गरेको बताइन् । उनीहरुले कुटपिट गर्दै अपशब्दहरु प्रयोग गरी दिसा खुवाउने प्रयास गरेको उनले बताइन् । उनलाई स्थानीय झविलाल तिवारी, मानबहादुर चपाई, हुमबहादुर चपाई, चन्द्रकली चपाई, अमृता, चपाई, पविसरा चपाई, द्रुपति चपाई लगायतले कुटपिट गरेका थिए । विनाकारण बोक्सीको आरोप लगाई गाउँमै बस्न नदिएपछि मनकलीले बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी छन् । मनकलीले नेडा ८ बस्नेने झविलाल तिवारी, सोही ठाउँकै हुमबहादुर चपाई, पविसरा चपाई, गोमा तिवारी, चन्द्रकली चपाई र अन्य बासुदेव तिवारी, मानबहादुर चपाई, भिमबहादुर चपाई, मोतीलाल चपाई, यामलाल चपाई र द्रुपती चपाईको नाम किटान गरी जाहेरी दिएकी छन् । पीडकहरुले धामी बसाल्न दशरथपूर गाविस वडा नं. ९ मा पर्ने गमखोलाका पर्वे खड्कालाई बोलाएका थिए । पर्वे खड्कालाई धामी बोलाएको भएपनि उनले मनकलीलाई बोक्सीको आरोप लगाएका थिएनन् । बिरामी चन्द्रकलीले आफैं मनकलीलाई बोक्सी लागेको आरोप लगाएको बताइएको छ । धामी खड्काले कसैलाई पनि यस्तो व्यवहार गर्नुहुँदैन भन्दै छोडिदिनुस् भनेपछि स्थानीयले आफूलाई छोडेको मनकलिले उजुरीमा खुलाएकी छन् । त्यसपछि आफू घरमा गएर डराएर जागा बसेको र बिहान भएपछि पीडकहरुले ‘एउटा कागज ल्याएर ल्याप्चे लगा’ नत्र मारिदिन्छांै भनेर धम्की दिएको बताइन् । त्यसको केही दिनपछि पीडक हुमबहादुर, द्रुपती, मोतिलाललगायतका व्यक्तिहरु आफ्नो घरमा आएर आगोको कोइला र खुर्सानी पोलेर गाउँबाट निक्लिन लगाएको बताईन् । यही जेठ कै १७ गते पुनः झविलालकी श्रीमतीलाई बोकेर आफ्नो घरमा ल्याएर तुरुन्तै बोक्सी उठाएर सन्चो बनाइदे नत्र तँलाई मारिदिन्छौं भन्दै धम्की दिएको मनकलीले बताइन् । नातिनीहरु घरभित्र भएको अवस्थामा आफ्नो घरमा आगो लगाइदिन लागेपछि आफू भागेर आाएको उनले बताइन् । अनुनयविनय गरेपछि घरमा आगो नलगाइदिएको तर आफूलाई गाउँ निकाला गरिदिएको उनको भनाइ छ । गाउँ निकाला गरिदिएपछि दुई दिन आफू नेटा गाविस वडा नं. ९ मा रहेको डाँडागाउँमा आएर बसेको त्यसपछि सहन नसकी वीरेन्द्रनगर आएको बताइन् । यता पीडिक झविलाल तिवारीले टेलीफोनमा कुरा गर्दै मनकली बोक्सी नै भएको बताए । मनकलीको बिरामीले पनि मनकली लागेको भन्ने गरेको र मनकलीकै नाममा अक्षता उठाएपछि बिरामी सन्चो भएको भन्दै बोक्सी नै भएको दाबी गरे । उनले मनकलीलाई हातपात गरेको पनि साँचो भएको टेलिफोनवार्तामा बताएका छन् । पीडक हुमबहादुर चपाई र झविलाल तिवारी स्थानीय मेलमिलापकर्तासमेत हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies