Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

राप्रपाले निकाल्यो विज्ञप्ति, हुन्छ त पार्टी एकता ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकताको ढोका सधैं खुला रहने बताएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट अलग भएका र विचार मिल्ने अन्य पार्टी र समूहसँग एकताका लागि सधैं तयार रहेको निर्णय गरेको हो । ‘खासगरी पार्टीबाट फुटेर गएका र अलग भएकाहरुलाई राप्रपाको मूलधारमा समाहित गर्न उच्च प्राथमिकता दिइने छ । पार्टी एकताको ढोका सदैव खुला रहने छ’ बैठकपछि राप्रपाले निकालेको विज्ञप्तिमा भनिएको छ । बैठकले संगठन निर्माण तथा सुदृढिकरमा केन्द्रित हुने निर्णय पनि गरेको छ । पुस मसान्तभित्र देशभरका ७५३ वटै गाउँपालिका र नगरपालिकाको वडाहरुमा पार्टी ईकाई समितिको गठन एवं पुनर्गठन गर्ने निर्णय पनि गरेको वैठकपछि महामन्त्री भास्कर भद्राले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । २०७६ जेठ महिनामा ७ वटै प्रदेशको अधिवेशन र प्रदेश कार्यसमितिको गठन तथा पुस मसान्तभित्र ५० हजार थप सक्रिय सदस्यहरु बनाउने गरी सक्रिय सदस्यता वितरण अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ । राप्रपाले आगामी माघ १५ देखि २५ सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिने गर्ने निर्णय पनि गरेको छ । राप्रपाले देशमा दुई तिहाई बहुमतको सरकार भएको जनताले अनुभूति गर्न नपाएको पनि बताएको छ । ‘संविधान बमोजिम चुनाव सम्पन्न भई दुई तिहाई बहुमतका साथ सरकार गठन भएको ९ महिना भएको छ, तर जनताले राहत र परिवर्तनको अनुभूति गर्न पाएका छैनन्’ राप्रपाको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, नेपाली भूभागमा बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको, धर्मपरिवर्तनको कारण राष्ट्रिय पहिचान कमजोर हुने, सामाजिक सदभाव र एकता खलबलिने तथा देश धार्मिक द्वन्द्वको दलदलमा फस्ने संभावना देखिएको पनि राप्रपाले बताएको छ । उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले जमिन निजी सम्पत्ति नभइ भोगाधिकार मात्र हुनुपर्ने भनी अर्थमन्त्री युवराज खतिवडाको धारणा सार्वजनिक भएको भन्दै त्यसले पार्टीलाई गम्भीर बनाएको जनाएको छ । प्रवक्ता राजेन्द्र गुरुङ्ले विज्ञप्ति निकालेर संविधानको भावना र मर्ममा कुठाराघात हुने र उदारवादी अर्थतन्त्रको मर्मस्थलमै प्रहार हुने गरी शास्त्रीय अर्थतन्त्रको पक्षपोषण पुग्ने अभिव्यक्ति आउनु दुर्भाग्य भएको उल्लेख गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: