Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अामा सिताको नजरमा प्रकाशः झुटो नबोल्ने आज्ञाकारी छोरा

प्रकाश जन्मने बेला उसको बुवा (प्रचण्ड) भूमिगत हुनुहुन्थ्यो, हामी चितवनको शिवनगरमा बस्थ्यौं । केटाकेटी, वस्तुभाउ, घरबार सबै धान्नु मेरै जिम्मेवारी थियो । सानोमा प्रकाश साह्रै बिरामी परिरहन्थ्यो । के गरी निको हुन्छ भन्दै म दौडिरहन्थें । सानोमा निकै दुःख गरेर हुर्काएँ मैले । प्रकाश जन्मिएको केही महिनापछि नै हामी छुट्टियौं र क्षेत्रपुर बसाई सर्यौं । प्रकाशले नारायणगढको स्कूलमा पढ्न थाल्यो । साह्रै असल, सोझो र मायालु स्वाभावको थियो प्रकाश । गोरो, राम्रो थियो ऊ, गाउँमा सबैले मन पराउँथे । सबैसँग छिटै घुलमिल हुन्थ्यो, गाउँभरिका मान्छे झुम्मिन्थे उसँग । ८/९ वर्षको उमेरदेखि नै उसले हाम्रो माया पाउन सकेन । बुवा भूमिगत हुनुहुन्थ्यो, म चितवनमै थिएँ, ऊ दिदीहरुसँग पढ्न काठमाडौं आयो । जनयुद्ध सुरु भएपछि पञ्जावमा बसेर पढ्यो । हाम्रो कहिलेकाहीँ मात्र भेट हुन्थ्यो, जनयुद्ध कालभरि पनि छोराका रुपमा माया गर्ने परिस्थिति नै बनेन । हाम्रो राम्रो माया नपाइकन हुर्कियो प्रकाश । बाहिर मान्छेहरुले जसरी बुझे, भित्र प्रकाश त्यस्तो छँदै थिएन । उसले कुनै कुरा पनि झुटो बोल्दैनथ्यो, जो बोल्थ्यो, साँचो बोल्थ्यो । उसमा कुनै घमण्ड थिएन, देखेको कुरा बोल्थ्यो । कसैसँग लोभ वा लिनुदिनु पनि थिएन उसलाई । ऊ एकदमै दयालु स्वाभावको थियो । बाबुआमाका लागि ज्यान दिने स्वाभाव थियो । तर, शान्ति कालमा आएपछि मिडियाले उसको बारेमा अनेकथरि कुरा लेखे । तर, उसको यथार्थ खोतल्ने प्रयास कसैले पनि गरेनन् । प्रकाश हाम्रो आज्ञाकारी छोरा थियो । बुवाले भनेको सबै कुरा मान्थ्यो, बुवाको राजनीति कसरी राम्रो बनाउने, बुवालाई कसरी सफल पार्ने ? उसले त्यही कुरा मात्र सोच्थ्यो । परिवारमा पनि कसैसँग नराम्रो थिएन । तर, उसको वैवाहिक जीवन भने सफल र सुखद् हुन सकेन । उसका पनि आफ्नै पीडा थियो, कति कुरा उसले चाहेर पनि भन्दैनथ्यो, कति कुरा बुवाको जिम्मेवारीले पनि भन्न मिल्दैनथ्यो, यस्तै चेपुवामा थियो ऊ । यति छिटै छोरालाई बिदा गर्नुपर्ला भनेर मैले कहिल्यै कल्पना गरिनँ । तर, दुःखद् घटना घट्यो । परिवारमा एकपछि अर्को विपद् आइहाल्दा हामी सबै विक्षिप्त भयौं । आजसम्म हामीलाई सम्हालिन कठिन भइरहेको छ । तर, उसले देशका लागि, पार्टीका लागि गरेको योगदान सम्झँदा गौरव लाग्छ, यसैमा चित्त बुझाएका छौं । (सिता प्रकाशकि अामा हुन् ।) र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: