Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

प्रकाशबारे प्रचण्डको भावुक सम्बोधन (पूर्णपाठ)

हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईहरुको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्दछ । तपाईहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ । २०७४ मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयिक निधन भयो । उनी जम्मा ३६ वर्षका थिए । ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो । कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैंका लागि बिदा भए । म पूर्णकालीन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो । म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथेँ, त्यो पनि राति अबेला आउँथेँ र बिहान झिसमिसेमै हिँडिहाल्थेँ । उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए । सुरक्षाका कारण एकपछि अर्का स्कुल फेर्दाफेर्दै उनको पढाई लथालिङ्ग भयो । अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालीन कार्यकर्ता भए । अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ । केहीले कमरेड प्रकाशलाई केवल मेरो छोरामात्र ठाने र त्यसैमा उनको व्यक्तित्व सीमित गर्न खोजे । तर, उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए । म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरो भएका कारण होइन, त्यो भूमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीमा थिए । उनी अत्यन्त मिडियामैत्री थिए । प्रविधिमा उनको रुचिमात्रै थिएन, दख्खल पनि थियो । व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देख्नुभएकै हो । सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढी सहकर्मी र सहयोद्धा भए । म इमानदारीपूर्वक भन्छु, ‘प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगबिना सफल हुने थिएन ।’ पुत्रवियोग मान्छेको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि । शोकको यो घडीमा हामीले देशमात्र होइन, विश्वभरिबाटै हार्दिक समवेदना र सान्त्वना पायौं । नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति हामी ऋणी छौं । हाम्रा छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना पायो । यूरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभूति देखाए । विभिन्न पेशागत, व्यावसायिक र सामाजिक सङ्घ संस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए । मंसीर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रुपमा उर्लिएको जनसागरलाई मैले क। प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु । दश वर्ष लामो नेपाली क्रान्तिकालमा हामीले त्याग, तपस्या र बलिदानका धेरै कीर्तिमान देख्यौं । ‘जीवनको लम्बाई होइन, उचाइँ धेरै हुनुपर्छ’ भन्ने हाम्रो मान्यता थियो र छ । कमरेड प्रकाशको मृत्युपछि नेविसङ्घ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनहरुले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईका छोराछोरी हौं’ भनेर हाम्रो आत्मबल बढाए । प्रकाश अब छैनन् । तर, देशका हरेक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा हामी अझ दृढ भएका छौं । हो, हामी शोकाकूल छौं । तर, देश र समाजप्रतिको दायित्व यो शोकमा हामीले अझ बढी महशुस गरेका छौं । आफन्तजन, राजनीतिज्ञहरु, पार्टीका साथीहरु, महामहिमहरु, विभिन्न पेशा र वर्गका शुभचिन्तकहरु, यो शोकका क्षणमा यहाँहरुले मनैदेखि दिएको समवेदना र सहानुभूतिले हामीमा धैर्य र हिम्मत थपेको छ । आजको उपस्थितिका लागि म परिवार र पार्टीका तर्फबाट हृदयदेखि नै तपाईहरुप्रति कृतज्ञता व्यक्त गर्दछु । (प्रचण्डले प्रकाश दाहालको मृत्युपछि निकालेको शोक वक्तव्य हामिले एक बर्षको प्रकाश स्मृति कार्यक्रमको सन्दर्भ पारेर प्रकाशित गरेका छाैं ।) र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending