Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

शिक्षक पेशा छाडेर तरकारीखेती

सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३ मा उनी नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक थिए । पछि त्यो पेशालाई छाडेर उनी तरकारीखेती गर्न लागे । शुरुमा उनले काँक्रा फलाए र स्थानीय बजारमा लिएर रु पाँचदेखि १० मा बिक्री गर्न थाले । यो देखेर उनका साथीसङ्गी अचम्मित भए । शिक्षक जागिर छाडेर कृषि गर्न लागेका शर्मालाई त्यतिबेला गाउँले समेतले पागल बनाए । यद्यपि गाउँलेको भनाइका पछि उनी कहिल्यै लागेनन् । काँक्रो फलाएर तरकारीखेती शुरु गरेका शर्मा भने यतिबेला सबैका प्रेरणाका स्रोत बनेका छन् । हिजो पागल बनाउने गाउँले आजभोलि उनकै बारीमा आएर ताजा तरकारी किन्छन् र भन्छन्, “अहिले तपाईंको तरकारीखेती र श्रम देखेर हामी पागल हुन्छौँ”, शर्माले गोलभेडा, काउली, बन्दा, काँक्रा, प्याज लगायतका तरकारी फलाउँदै आएका छन् । “करीब २२ वर्षदेखि तरकारी नै बेच्छु”, उनले भने, “आफ्नो खर्च कटाएर मासिक रु ४० देखि ५० हजार आम्दानी गर्छु ।” “नेपालमा सबैभन्दा स्वाभिमान पेशा हो भने, त्यो कृषि नै हो”, उनले थपे, “जहाँ किसान स्वयंले उत्पादित वस्तुको मूल्य निर्धारण गरेर अरुलाई बेच्छ । आफँैले चाहेको ताजा तरकारी खान्छ र सधैँ श्रमशील जीवनसँगै कृषि पाठशालामा रमाएर स्वच्छ खाना, हावापानीको प्रयोग गर्दछ ।” लेकबँेसी नगरपालिकाका अगुवा कृषकका रुपमा मानिने शर्माले दुई रोपनी जमीनमा तरकारी खेती गर्छन्। उनको त्यही व्यवसायको सहयोगले परिवारका छ सदस्यमा एक छोरा नेपाल प्रहरी र अर्को नेपाली सेनामा जागिर भए भने दुवै बुहारी स्नातक तहमा अध्ययनरत छन् । बाह्रै महीना सडक सञ्चालन नहुँदा लेकबेँसीका कृषकको उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको उनको भनाइ थियो । दाम, नाम र माम दिलाउने कृषि पेशा नेपालमा कमजोर दृष्टिले हेरिनु दुर्भाग्य भएको उनले प्रतिक्रिया दिए । शर्मा भन्छन्, “खाडी मुलुकमा हाम्रा युवा ५०÷५५ डिग्री सेन्टिग्रेडको ताप र चापमा काम गर्दा ठूलो ठान्छन् तर आफ्नै देशमा पसिना चुहाएर कृषि व्यवसाय गर्न लाज मान्छन् ।” आफ्नो देश, श्रम र पेशालाई सम्मान गर्न नसकेकै कारण नेपाल र नेपाली पछि परेको उनले गतिलो जवाफ दिए। रासससँग कुरा गर्दै शर्माले नेपालको कृषि नीति किसानमैत्री नभएको गुनासो गरे। राजनीतिक स्वार्थका कारण उत्पादनमा कमी आएको आरोप लगाउँदै कृषिमा प्राविधिक ज्ञान र व्यवहारिक तालिम नभए यसको क्रान्ति कुरामा मात्र सीमित हुने उनको बुझाइ छ । समृद्धि कृषि सहकारी संस्था लिमिटेड सुर्खेतको संस्थापक उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका शर्माले आजभोलि गाउँका किसानलाई तरकारीखेती गर्ने विधि, बीउबिजनको गुणस्तर छनोट, रोग किरा नियन्त्रण, जैविक विषादी निर्माण तथा उत्पादनका विषयमा पनि किसानलाई सिकाउँदै आएका छन् । लेकँबेसी नगरपालिकालाई तरकारी पकेट क्षेत्रका रूपमा घोषणा गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies