काठमाण्डौ । नेविसंघको कार्यकालबारे टुंगो लगाउन बोलाईएको नेपाली काँग्रेस केन्द्रीय समिति बैठक भोली बस्ने गरी सकिएको छ । दिउँसो २ बजेका लागि बोलार्ईको बैठक साँझसम्म पनि बस्न सकेको थिएन ।
साँझ अबेर औपचारीक रुपमा बसेको क्षणिक बैठकले भोलीका दिउँसोका लागि बैठक बस्ने निणर्य गरेर सकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले भोली बस्ने बैठकले नेविसंघबारे निष्कर्ष निकाल्ने जानकारी दिए ।
यसअघि दिउँसो पार्टी कार्यालय सानेपामा नेपाल बिद्यार्थी संघका कार्यकर्ताले नाराबाजी गरेका थिए । नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरूलाई दबाब दिन दुई पक्षले पार्टी कार्यालय परिसरमै नाराबाजी गरे ।
दिउँसो बैठकस्थलमा भेला भएका नेबिसंघ कार्यकर्ताले आक्रोसित हुँदै पार्टी सभापति लगायतका नेताहरु बिरुद्ध दिउँसो केही बेर नाराबाजी गरे । नेता वीरबहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डै झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
बैठकमा सहभागी हुन आएका सभापति शेरबहादुर देउवालाई दुबै पक्षले घेराबन्दी गर्दै केही बेर बैठकहलमा पस्न दिएनन् । नेविसंघले तीन महिनाअघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावली पास हुन नसक्दा नेविसंघको भावी नेतृत्वमा अन्योल छाएको छ ।
हेर्नुहाेस् भिडियाेः–
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: