Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

कर्णाली विकासको दायित्व कर्णालीवासीकै हातमा: मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको दायित्व कर्णालीवासीकै हातमा हातमा रहेको बताएका छन् । कर्णालीको विकास कर्णालीकै नागरिकको ईच्छाशक्तिमा भर पर्ने भन्दै मुख्यमन्त्री शाहीले अरुको मुख ताकेर कर्णालीको विकास नहुने बताए ।

छायानाथ रारा नगरपालिकाको आयोजनामा शनिवार मुगुको गमगढीमा भएको मदिरा निषेधित नगर घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासको लागि आर्थिक श्रोतको अभाव नहुने बताए । ‘प्रदेश सरकार आर्थिक श्रोतको व्यवस्थापनमा लागिरहेको छ, मुख्यमन्त्रीको हैसियतमा दातृ निकाय तथा लगानीकर्ताहरुसंग गरिएका छलफलहरु असाध्यै सकारात्मक दिशामा अगाडि बढिरहेको छन् ।’ मुख्यमन्त्री शाहीले भने–‘श्रोतको सदुपयोग र दिगो विकासको सामुहिक प्रतिवद्धताको जरुरी छ ।’\"\"

विकासका लागि आएको श्रोतमा आँखा लगाउने प्रवृत्ति रहेको बताउदै मुख्यमन्त्री शाहीले भने–‘भ्रष्ट्राचारको मानसिकता अन्त्य नगरि हामीले हाम्रो प्रदेश बनाउन सक्दैनौं ।’ आफनो चीन भ्रमणका क्रममा भएको सहमति अनुसार चिनियाँ रेलवे कम्पनीले हिल्सा–जमुनाहा द्रुर्तमार्ग निर्माणका लागि संभाव्यता अध्ययनको काम शुरु गरिसकेको जानकारी दिँदै मुख्यमन्त्री शाहीले ६ महिना भित्र संभाव्यता अध्ययन प्रतिवेदन प्रदेश सरकारको हातमा आउने र द्रुर्तमार्ग निर्माण अगाडि बढने बताए । कर्णालीको जीवनरेखाका रुपमा रहेको हिल्सा–जमुनाहा द्रुर्तमार्ग निर्माण संगै कर्णालीको विकास र समृद्धिको ढोका खुल्ने उनको भनाई छ ।

यसैगरि मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि अन्तराष्ट्रिय सिमा नाका संचालनका लागि आवश्यक गृहकार्य भईरहेको जानकारी दिए । हुम्लाको हिल्सामा भर्खरै अध्यागमण कार्यालयको स्थापना भएको भन्दै मुख्यमन्त्री शाहीले हिल्सासँगै मुगुको नाक्चेलाग्ना र डोल्पाको धो मरिम गरि तिनवटा अन्तराष्ट्रिय सिमा नाका संचालन गर्न प्रदेश सरकार लागि परेको बताए ।

मुख्यमन्त्री शाहीले नाग्मा–गमगढी सडकलाई तत्काल दुई लेन सडकका रुपमा कालोपत्रे गर्नको विश्व वैंकसंग छलफल भएको बताए । राराको पर्यटन विकासको लागि पनि यो सडकको स्तरोन्नती जरुरी रहेको वताउदै मुख्यमन्त्री शाहीले त्यसका लागि विश्व वैंकवाट समेत प्रतिवद्धता प्राप्त भएको जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending