Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

किन जाँदैछिन् राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड ?

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त राष्ट्रसंघले पोल्याण्डको क्याटोवाइसमा मंसिर १७ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने भएकी हुन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारी सम्मेलनमा सहभागी हुन मंसिर १५ गते पोल्याण्ड प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिको पोल्याण्ड भ्रमण पाँच दिनको हुने उनले जनाए । राष्ट्रपति भण्डारीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘राष्ट्रपतिज्यूले मंसिर १५ देखि १९ गतेसम्म पोल्याण्डको भ्रमण गर्ने तय भएको छ,” परराष्ट्र मन्त्री ज्ञवालीले बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘उहाँ जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन पोल्याण्ड जान लाग्नुभएको हो ।’ सम्मेलनमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा राख्ने उनले जनाए । जलवायु परिवर्तन नेपालको लागि खाँदै नखाएको विष लागेजस्तो भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले उच्चस्तरीय तहबाट यसले नेपालमा पारेको असरमा बारेमा सम्मेलनमा कुरा राख्दा प्रभावकारी हुने बताए । यसै कारण राष्ट्रपतिलाई सम्मेलनमा सहभागी हुन पठाउन लागिएको उनले जनाए । ‘जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा हामी छौं । जलवायु परिवर्तनका कारण हामी केकस्तो जोखिममा परेका छौं, सो कुरा राष्ट्रपतिज्यूले सम्मेलनमा राख्नु हुनेछ,’ मन्त्री ज्ञवालीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending