यस्तो छ तातोपानी कुण्डको रहस्य प्रकृति चिकित्सालयको नामले परिचित म्याग्दीको बेनीमा रहेको तातोपानी कुण्ड निकै चर्चित छ । विभिन्न रोगको उपचार हुने विश्वासका कारण हरेक महिना करिब ५ हजारले कुण्डमा नुहाउने गरेका छन् । नेता तथा मन्त्रीहरुसमेत कुण्डमा नुहाउन जाने क्रम बढेको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं १३ मा अवस्थित तातोपानी कुण्डमा नुहाउन जानेहरुको संख्या उल्लेख्य छ । नदी किनारमा जमिन मुनिबाट आउने ५० डिग्री सेल्सीएस प्राकृतिक औषधियुक्त तातोपानीमा नुहाएपछि पुराना र जटिल रोगहरु निको हुने विश्वासमा सो कुण्डमा नुहाउनेहरुको सङ्ख्या बढदै गएको हो । अस्पतालमा औषधोपचार गर्दा रोग निको नभएर हैरान बनेका दीर्घरोगीसमेत तातोपानीमा घण्टौ डुवुल्की मार्दा रोग निको भएको कतिपयको अनुभव छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विशेषगरी पत्नी सिता दाहालको उपचारको लागि कुण्डमा पुगेको बताइएको छ । तातोपानी खाने र कुण्डमा डुवुल्की मार्दा टाउको दुख्ने, छाला, ग्याष्टिक, वाथ, घाउ–खटिरा, महिलाको आङ् खस्ने लगायतका रोगहरु निको हुने भएपछि प्राकृतिक चिकित्सा केन्द्र बनेको यो कुण्डमा नुहाउने मानिसहरुको आकर्षण बढेको छ । सो कुण्डमा एक पटकमा ४०० जनासम्मले नुहाउन सक्ने र दैनिक दुईसयदेखि पाँचसय जनासम्म कुण्डमा नुहाउन आउने गर्दछन् । सो कुण्डमा नुहाउनेले रु. एक सय ५० को टिकट लिनुपर्दछ । त्यो टिकट १५ दिनसम्म प्रयोग गर्न सकिने छ । तातोपानीमा उपचारको लागि देशका अधिकाँश जिल्लाका विरामीहरुका साथै भारतको नानपारा, रुपैडिया, बनवासालगायत राउण्ड धौलागिरी र अन्नपूर्णको भ्रमणमा आएका विदेशी पर्यटकहरुसमेत उपचारका लागि जाने गरेका छन् । २०२७ सालदेखि पोखरी निर्माण गरी नुहाउन सुरुगरिएको तातोपानी कुण्ड २०५४ सालदेखि बैधानिक रुपमा तातोपानी कुण्ड व्यवस्थापन समिति गठन गरी कुण्डको संरक्षण गरिएको छ ।राजनीतिकर्मिकोपनि ब्यक्तिगत जीवन हुन्छ, मन हुन्छ, रुचि, सोच, भावना, विश्वास, खुशी र स्वतन्त्रता हुन्छ l
अत: गलत छन् सबै, यो तस्वीरप्रति नकारात्मक `बौद्धिक´ टिप्पणीहरु !! pic.twitter.com/eLa7TIFkuc — Bishwa Prakash शर्मा (@bishwaprakash77) November 13, 2018
प्रतिकृया लेख्नुहोस्: