महासमिति बैठकमा जिल्लाबाट केही नयाँ योजना र एजेण्डा प्रस्तुत गर्छाैं
कार्तिक २७ गते, २०७५ मगलवार 13th November, 2018 Tue१६:४३:५२ मा प्रकाशित
नेपाली कांग्रेसको महासमिति बैठक २८ मंसिरदेखि ३ पुससम्म हुँदैछ । पार्टीभित्रको अन्तद्र्वन्द्वले मिति सर्न पनि सक्छ । तर, अहिलेसम्म यही मिति निश्चित गरिएको छ । सिन्धुपाल्चोक कांग्रेसबाट महासमिति बैठकमा १५ जनाले सहभागिता जनाउँदै छन् । नेपाल तरुण दल सिन्धुपाल्चोकको अध्यक्षसमेत रहेका दोर्जे लामा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्यमध्ये दोस्रो लोकप्रिय मत ल्याएर विजयी भएका नेता हुन् । उनीसँग खबरडबलीले गरेको कुराकानी ।
महासमिति बैठकमा के–के हुँदैछ ?
बैठकले विधान संशोधन पारित गर्न सक्छ । संघीय संरचनालाई आधार मानेर त्यही संरचनामा विधान बन्नेछ । नेपाली कांग्रेसको विधानमा छलफल हुन्छ । विधान संशोधन कसरी हुन्छ । त्यो प्रतीक्षाको विषय हो ।
महासमितिले चाह्यो भने १४ औं महाधिवेशन निर्धारित समय अगावै पनि गर्ने निर्णय दिनसक्छ ?
महाधिवेशन तोक्नेसम्मको निर्णय महासमिति बैठकले गर्नसक्छ । तर, त्यस्तो अवस्था अहिले आउँदैन भन्ने मेरो विश्वास छ । त्यो पनि प्रतीक्षाकै विषय हो ।
भेलामा मताधिकारको प्रयोग पनि हुन्छ कि ?
यो चाहिँ असम्भव कुरा हो ।
यदि मताधिकार नै प्रयोग गर्ने अवस्थामा तपाइँ पार्टी सभापतिको पक्षमा कि पुरानो संस्थापन पक्षमा रहनुहुन्छ ?
भोट हाल्ने प्रक्रिया नै हुँदैन । यो बैठकले नेपाली कांग्रेसको गुटउपगुट सबै समाप्त पार्छ । पार्टीलाई एकताबद्ध र मजबुत पारेर अगाडि लान्छ । हामी सबैले एकताबद्ध हुन दबाब सिर्जना गर्छौं ।
१३ औं महाधिवेशनमा तपाइँको भूमिका दोहोरो भयो रे भन्ने आरोप थियो ?
म पार्टीको नीति र निर्देशनमा चल्ने कार्यकर्ता हुँ । पार्टी सभापतिले भनेबमोजिम चल्ने कुरा नै प्रमुख कुरा हो । तर, राजनीतिमा कतिपय कुरा कूटनीति र विवेक प्रयोग गरेर पनि चल्नुपर्ने हुन्छ । मैले विवेक प्रयोग गर्ने गरेको छु । ताकि, पार्टी सशक्त बनोस् ।
बैठकमा सिन्धुपाल्चोकले पनि केही एजेण्डा प्रस्तुत गर्दैछ कि ?
जिल्ला पार्टी सभापतिसँग छलफल गर्दैछौं । हामीले पार्टीको हितका लागि केही नयाँ योजना, आइडिया र एजेण्डा निश्चित रुपमा प्रस्तुत गर्ने कुरा हुन्छ ।
जिल्लामा पार्टी दुई खेमामा विभाजित छ । कसरी एजेण्डा प्रस्तुत गर्नसक्छ त ?
हाम्रो पार्टी औपचारिक रुपमा दुई खेमामा छैन । कहिँकतै व्यक्तिगत रुपमा लहडमा खेमाको प्रचार गरेर अर्थ छैन । पार्टी सभापति र कार्यसमितिको बैठक बस्छौं । जिल्ला पार्टीले के निर्णय गर्छ र के निर्देश गर्छ त्यहि मुताबिक हामी बैठकमा प्रस्तुत हुन्छौं ।
तपाइँ एकताका एमाले प्रवेश गर्नुभयो । पछि कांग्रेसमै फर्कनुभयो । यस्तो अस्थिरता किन ? तपाइँजस्तो नेताको यो पाराले त कांग्रेसलाई घाटा लाग्ला नि ?
जिल्लाका केही नेताको मप्रति हेर्ने दृष्टिकोणको कारणले एकताका त्यस्तो भयो । यो कुरा साँचो हो । राजनीतिमा कहिलेकाहिँ यस्तो हुन्छ । हाम्रो देशका ठूला नेताको कुरा गर्नुहुन्छ भने पनि यो सहजै बुझ्न सकिन्छ । जस्तै डा. बाबुराम भट्टराइ । हाम्रो नेता विजयकुमार गच्छादारको कुरा पनि यसमा आउँछ । पार्टीभित्र केही नेताले असाध्यै पूर्वाग्रही व्यवहार गरेकोले त्यस्तो अवस्था हुन गयो । मैले ३० वर्षदेखि नेपाली कांग्रेसमा रहेर प्रजातन्त्रको पक्षमा संघर्ष गरेँ । यही पार्टीमा मलाई राजनीतिक सन्तुष्टी प्राप्त हुन्छ । यहिँ बसेर जनसेवा गर्न सकिन्छ । अरु पार्टीको यहाँ मैले विरोध गर्नु छैन । मेरो पार्टीको नेताहरुको सल्लाह, संरक्षण र राजनीतिक लाइनबाटै म चलिरहेको छु । इतिहासमा कहिलेकाहिँ त्यस्तो हुन्छ । त्यो एउटा अलग्गै पाटो भयो । अब अस्थिरताले राजनीतिमा विकास सम्भव छैन । स्थिरता र स्पष्ट दृष्टिकोण आवश्यक छ । म त्यसको पक्षपाती हुँ ।
जिल्लामा तपाइँको लडाइँ नेता पूर्वमन्त्री मोहन बस्नेतसँग चलिरहेकै छ । यो व्यक्तिगत टकराबले पार्टीलाई फाइदा पुग्छ त ?
यसले पार्टीलाई फाइदा गर्दैन । म उहाँको कार्यकर्ता हुँ । त्यहिअनुसारको व्यवहार गर्न आवश्यक छ । आत्मसम्मान भनेको दोहोरो हुन्छ । उहाँले माया गरे मैले पनि आदर गर्ने हो । मेरो नेता हो उहाँ । उहाँबाट जस्तो व्यवहार भयो मैले पनि त्यहीअनुसार गर्ने हो ।
नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह नगरेको कुरा तपाइँकै नेताहरुले भन्ने गरेका छन् । यस्तै अवस्था कहिलेसम्म रहला ?
महासमिति बैठकपछि सबै कुरा स्पष्ट भएर आउँछ । अहिले बैठकको तयारीका लागि सबै नेता लागेकोले प्रतिपक्षको भूमिका कमजोर भएको जस्तो लागेपनि बैठकपछि कांग्रेस सशक्त बनेर अगाडि बढ्छ ।
तपाइँ सिन्धुपाल्चोक तरुण दलको अध्यक्ष पनि हुनुहुन्छ । यसका गतिविधि कसरी चलिरहेको छ ? विगत र अहिलेको तुलना कसरी गर्नुहुन्छ ?
पहिला तरुण दल एकाधिकारवादी थियो । किनकि, त्यतिबेला जिल्ला पार्टी नै एकाधिकार थियो । मतलब पार्टीअनुसार त्यतिबेला त्यसको भ्रातृ संगठन त्यस्तो हुने नै भयो । लथालिंग, भताभुंग र सुतिरहेको तरुण दललाई अहिले सिन्धु युवाको साथी, मुटुको ढुकढुकी बनाइएको छ । साझा निर्णयमा चल्छ । र, अहिले तरुण दल विधिसम्मत र नीतिमा चलेको छ । संगठनको केन्द्र र जिल्ला पार्टीको निर्देशनअनुसार सांगठनिक गतिविधिलाई तिब्र पारेका छौं । केन्द्रको निर्देशन र सर्कुलरलाई अक्षरशः पालना गरेर अगाडि बढेको छ । वास्तवमा जिल्लामा तरुण दल युवाहरुको साँचो संगठक र असल दस्ता बनेको छ ।
महासमिति भेलापछि नेपाली कांग्रेस कस्तो गतिमा अघि बढ्ने अपेक्षा गर्न सकिन्छ ?
मैले अघिपनि भनेँ । महासमिति बैठकपछि कांग्रेस शसक्त हुन्छ । पार्टीभित्रको सबै गुटउपगुट समाप्त भएर जान्छ । पार्टी विधानमा फेरबदल आयो भने त्यसको कार्यान्वयनका लागि पनि पार्टी संगठन क्रियाशील बनेर अगाडि जान्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: