Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

के अब नेपालले रेल किन्दैछ ?

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो चार वर्षभित्र पूर्वपश्चिम, केरुङ–काठमाडाैं,काठमाडाैं– रक्सौल रेलमार्गले जोडिने जिकिर गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री महासेठले अधिकांश ठाउँमा डीपीआर धमाधम तयार भइरहेको र बाँकी ठाउँमा कन्सल्ट्यान्ट नियुक्त गर्ने कामसमेत सकिइसकेको बताउँदै ‘कागजको रेल चलाएर सरकारको खिसिट्युरी गर्नेहरूलाई छिट्टै जवाफ दिन लागेको बताए । जनकपुर–जयनगर–कुर्तासम्म रेलमार्ग तयार भइसकेको बताउँदै उनले सरकारले रेल किन्ने तयारी गरिरहेको जानकारी दिए । रेल खरिद गर्ने सन्दर्भमा भारतको रेल्वे मन्त्रालयसँग कुरा भइरहेको उनले बताए । कुर्तासम्म आइपुगेको रेल दुई वर्षभित्र बर्दिबाससम्म सञ्चालनमा ल्याउने र अर्को दुई वर्षभित्र निजगढसम्म ल्याइपुर्याउने सरकारको लक्ष्य उनले सुनाए । त्यस्तै, मन्त्री महासेठले केरुङ–काठमाण्डु रेलमार्गको सम्भाव्यता अध्ययन भइसकेको र चिनियाँ प्रतिनिधिमण्डलले सरकारलाई बुझाएको स्थलगत अध्ययन प्रतिवेदन हेर्दा ‘आकाशको तारो’ नभएको टिप्पणी गरे । ‘मैले चिनियाँ प्रतिनिधिमण्डलले बुझाएको प्रतिवेदन हेरेँ । पूर्वलागत अनुमान हेर्दा बनाउन नसकिने अवस्थामा छैन,’ उनले भने । सम्भव भएसम्म अनुदानमा र नभए सफ्ट लोनमा भए पनि केरुङ–काठमाडाैं रेलमार्ग यही सरकारले जोड्ने दाबी उनले गरे । ‘अहिले कम ब्याजदरमा ४०–५० वर्षका लागि लोन पाइन्छ । अनुदान नै पर्खिएर बस्नुपर्ने अवस्था छैन । भारतमा यात्रु बोकेर त रेल नाफामा छन् । हामीकहाँ त सामानसमेत ढुवानी हुन्छ,’ उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending