Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

के अब नेपालले रेल किन्दैछ ?

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो चार वर्षभित्र पूर्वपश्चिम, केरुङ–काठमाडाैं,काठमाडाैं– रक्सौल रेलमार्गले जोडिने जिकिर गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री महासेठले अधिकांश ठाउँमा डीपीआर धमाधम तयार भइरहेको र बाँकी ठाउँमा कन्सल्ट्यान्ट नियुक्त गर्ने कामसमेत सकिइसकेको बताउँदै ‘कागजको रेल चलाएर सरकारको खिसिट्युरी गर्नेहरूलाई छिट्टै जवाफ दिन लागेको बताए । जनकपुर–जयनगर–कुर्तासम्म रेलमार्ग तयार भइसकेको बताउँदै उनले सरकारले रेल किन्ने तयारी गरिरहेको जानकारी दिए । रेल खरिद गर्ने सन्दर्भमा भारतको रेल्वे मन्त्रालयसँग कुरा भइरहेको उनले बताए । कुर्तासम्म आइपुगेको रेल दुई वर्षभित्र बर्दिबाससम्म सञ्चालनमा ल्याउने र अर्को दुई वर्षभित्र निजगढसम्म ल्याइपुर्याउने सरकारको लक्ष्य उनले सुनाए । त्यस्तै, मन्त्री महासेठले केरुङ–काठमाण्डु रेलमार्गको सम्भाव्यता अध्ययन भइसकेको र चिनियाँ प्रतिनिधिमण्डलले सरकारलाई बुझाएको स्थलगत अध्ययन प्रतिवेदन हेर्दा ‘आकाशको तारो’ नभएको टिप्पणी गरे । ‘मैले चिनियाँ प्रतिनिधिमण्डलले बुझाएको प्रतिवेदन हेरेँ । पूर्वलागत अनुमान हेर्दा बनाउन नसकिने अवस्थामा छैन,’ उनले भने । सम्भव भएसम्म अनुदानमा र नभए सफ्ट लोनमा भए पनि केरुङ–काठमाडाैं रेलमार्ग यही सरकारले जोड्ने दाबी उनले गरे । ‘अहिले कम ब्याजदरमा ४०–५० वर्षका लागि लोन पाइन्छ । अनुदान नै पर्खिएर बस्नुपर्ने अवस्था छैन । भारतमा यात्रु बोकेर त रेल नाफामा छन् । हामीकहाँ त सामानसमेत ढुवानी हुन्छ,’ उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: