Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

क्यू एण्ड यू फर्निचरले ग्राहकलाई धोका दियो

काठमाडौं । तपाइँले अत्यन्त आवश्यक परेको कुनै सामान अर्डर गर्नुभयो र तोकिएको समयमा लिन जाँदा त्यो अर्कैलाई बेचेको थाहा भए के गर्नुहुन्छ होला ? पसलेसँग झगडा गर्नुहुन्छ होला हैन ? तर पसलले तपाइँको गुनासो सुनेर तत्काल सामान उपलब्ध गराउनुको साटो एक महिनापछि मात्रै अर्डर गरिएको सामान दिने कुरा गर्यो भने नि ? आफै कल्पना गर्नुस् तपाईको मनस्थिति त्यो बेला कस्तो होला ? काठमाडौंको एउटा प्रतिष्ठित सुपरमार्केटमा रहेको क्यु एण्ड यू फर्निचरले अहिले यस्तै व्यवहार गरेपछि उपभोक्ता आक्रोशित बनेका छन् । हामीलाई प्राप्त जानकारी अनुसार, फर्निचरले एकजना ग्राहकसँग पेमेन्ट नै लिएर एकसातापछि सामान लिन भनेर पनि सामान अर्कैलाई बेचेको हो । सुन्दा सामान्य लागेपनि घरमा अत्यन्तै जरुरी परेर अर्डर गरिएपनि सात दिनपछि सामान लिन जाँदा फर्निचर पसलले उक्त सामान अर्कैलाई बेचेको र एक महिनापछि मात्रै उपलब्ध गराउन सकिने बताएको हो । ‘धोका दिनुको पनि सीमा हुन्छ नि, शुरुमा चिल्लो कुरा गर्ने, पैसा हात परेपछि भने धोका ?’ नाम बताउन नचाहने ती ग्राहकले भने, ‘जे गरे पनि हुन्छ भन्ने मानसिकता राखेर यस्तो गर्नु सरासर लूट हो ।’
सम्बन्धित् समाचार  वनमन्त्री विक्रम पाण्डेको हेलिकप्टर शयर, अनावश्यक घुमघाममा लाखौ दुरुपयोग
कम्पनीको फेसबुक पेजमा यो फर्निचर शो रुम भनेको घरजस्तै भएकोले जो पनि आएर खेल्न सक्ने’ लेख्दै भिडियो पोष्ट गरेपछि धेरै ग्राहक आकर्षित भएको देखिन्छ । तर शोरुमको व्यवहार हेर्दा भने ठ्याक्कै उल्टो पाएको ती ग्राहकले बताए । हङकङमा प्रचलित फर्निचर सामान काठमाडौंमा ल्याएर बिक्री गर्ने यो शोरुम गत वर्ष नक्सालस्थित भाटभटेनी सुपरमार्केटको पाँचौ तलामा रहेको छ । शो रुमले गत वर्ष भदौ दोश्रो साता निकै तामझामका साथ शोरुम शुरु गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: