नेपालगञ्ज, बाँके, २४ कात्तिक । सुविधासम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पु¥याएको हुन्छ तर यहाँको भुजइगाउँ, वासुदेवपुरमा तारे होटलकै रुपमा सञ्चालन भइरहेको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ वातावरण अनुकूलन छ । यो होटल नेपालकै पहिलो हरित (ग्रिन) होटल मानिएको छ ।
हेर्दा सामान्य होटल जस्तै देखिए पनि यसले अपनाएको प्रविधि पूर्ण वातावरणमैत्री छ । कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल दाबी गरिएको छ । ‘जिरो कार्बन फुटप्रिन्ट’, एसिरहित, वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रुपमा प्रयोग गर्दै आएको छ । होटलको संरचना, होटल बन्ने क्षेत्र लगायत सबै उक्त काउन्सिलको मापदण्डमा आधारित र काउन्सिलले पनि प्रिमियरलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने होटलको श्रेणीमा सिल्भर क्याटागोरीअन्तर्गत राखेको छ । हालै उक्त प्रमाणपत्र होटलले हात पारेको हो । एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिएकोे छ । फोहोर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार छ । रेडियन प्रविधि खासगरी युरोपियन जर्मनी, क्यानाडालगायत मुलुकका होटलमा छ । मानिसको खानपान र बसाइँमा परिवर्तन आइसकेको छ, स्वस्थकर खानपान र स्वच्छ वातावरणमा बस्न चाहनेका लागि र आउँदो पुस्तालाई पनि प्रेरणा मिलोस् भनेर नयाँ प्रविधि शुरु गरिएको छ । विद्युत्मा मितव्ययिता अपनाएको उक्त होटलमा स्वास्थ्य वातावरणका साथै चिसो तातोमा बस्न नसक्नेहरुका लागि उपयोगी पनि छ । बाहिरबाट आएको हावालाई प्रशोधन गरेर भित्र पठाउने र सोही हावा बाहिर जाँदा अझ सफा गरेर पठाइन्छ । चुलोबाट निस्कने धुँवालाई कार्बनरहित बनाइन्छ । जर्मनी प्रविधि भए पनि यसको व्यवस्थापन नेपाली इञ्जिनियरले गरेका हुन् । ऊर्जा बचतका लागि एलइडी बत्ती प्रयोग गरिएको छ भने कोठाका झ्याल फराकिला छन् । जाडो महिनामा तातो र गर्मी महिनामा चिसो हुने स्वचालित रेडियन प्रविधि जडान गरिएको छ । नागबेलीजस्तो पानीको पाइपको कुलर बनाइएको छ । छिडरले पानी प्रत्येक कोठामा पठाउँछ । ठाउँ ठाउँमा सेन्सर जडान गरिएको छ । भवनमा व्यवस्थापन प्रणाली छ, भित्र तातो चिसोे कति तापक्रममा छ भन्नेकुरा सहजै थाहापाउन सकिन्छ । यसका लागि साढे पाँच लाख लिटरको पानी ट्याङ्की राखिएको छ । फायर फाइटिङका लागि ५० लाख लिटर पानी स्टक गरिएको छ । करीब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो होटल र काठमाडौँस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो ।रु एक अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको सो होटलमा बार, रेस्टुराँ, ब्याङक्वेटका अलावा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा लिन सक्छन् । अबको एक महिनाभित्रै क्यासिनो शुरु गरिने योजना छ । उक्त होटललाई पाँच तारे होटलको मान्यता दिलाउन पर्यटन विभागले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । होटलमा ८१ कोठा छन् । यहाँ एकजना एक रात बस्न चाहेमा चार हजार ३०० खर्चनुपर्ने छ । डोल्पा, रारा, मानसरोवर जाने पर्यटक यो होटलमा बस्ने गरेका छन् । सन् १९६५ मा काठमाडौँमा स्थापना भएको उक्त होटलले नेपालगञ्जका अलावा चाँडै पोखरा र भैरहवामा समेत दुई होटल सञ्चालन गर्ने योजनामा छ । नेपालगञ्जमा सुविधासम्पन्न करीब २० होटल छन् हानको नेपालगञ्ज च्याप्टरमा आबद्ध ४० भन्दा बढी पर्यटकस्तरीय होटल छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: