Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । बामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ आज कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गरेका थिए । यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार स्व तुलाधरको शवयात्रा गरिएको थियो ।

विसं १९९७ मा काठमाडौँमा जन्मिएका तुलाधरको गत कात्तिक ९ गते मस्तिष्कघात भएपछि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि कात्तिक १३ गते उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १२ः४५ बजे उनको निधन भएको थियो । तुलाधरको पार्थिव शरीरमा जेठा छोरा सुजन तुलाधरले दागबत्ती दिएका थिए । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी, नेकपाका नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत शोभाभगवतीस्थित कर्णदीपमा स्व तुलाधरप्रति श्रद्धासुमन अर्पण गरेका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका नेता तीर्थराम डङ्गोल, सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता लीलामणि पोखरेल, बामनेत्री हिसिला यमी, पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि कर्णदीपमा स्व तुलाधरप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गरेका थिए । त्यस्तै संस्कृतिविद् डा चुन्दा बज्राचार्य, नेपाल भाषाका चर्चित कवि दुर्गालाल श्रेष्ठ, नेपाल भाषाका साहित्यकार भूषणप्रसाद श्रेष्ठलगायत ठूलो सङ्ख्यामा शुभेच्छुक तथा जनसमुदायको कर्णदीपमा उपस्थिति थियो । त्यस अवसरमा नेपाल भाषाका अगुवा पद्मरत्न तुलाधर अमर रहून् भनी नारा लगाइएको थियो । नेपाल भाषा मंका खलःका महासचिव नरेशवीर शाक्यले तुलाधरप्रति राष्ट्रिय सम्मान प्रकट गर्न नेपाल प्रहरीको एक टुकडीले सम्मान अर्पण गरिएको बताए । हास्यव्यङ्ग्य साहित्यमा पद्मरत्न  नेपाल संवत् १०९७ मा नाटककार पद्मरत्न तुलाधरको ‘आः जितः नं तनतन दयावल’(अब मलाई पनि अलिअलि दया आयो) नामक ख्यालः जनसमक्ष आएको थियो । नेपाल संवत् १०८० मा ‘न्हुम्ह जिचा भाजु ससलय्’ (नयाँ ज्वाइँ ससुरालीमा), नेपाल संवत् ११०४ मा ‘ख्याः बछि नी बछि’ (आधी ठट्टा, आधी साँचो) तथा नेपाल संवत् ११३५ मा ‘जिँ लातकि...’ (मैले भेट्टाएँ कि...)नामक तुलाधरको ख्यालः प्रकाशनमा आयो । नाटककार तुलाधरको ‘आः जितः नं तनतन दयावल’ नामक नाटकमा आठ ख्याल छन् भने ‘ख्याः बछि नी बछि’ मा पाँच ख्याल तथा ‘जिँ लातकि...’ मा १७ ख्याल छन् । नेपाल संवत् १०९५ मा पहिलो पटक सङ्कलित ख्यालः मुना ‘आः जित नं तनतन दयावल’ मा ‘ह्वाइट मार्केट‘ नेपाल भाषा ख्यालः धेँधेँ बल्ला कासा (नाटक प्रतिस्पर्धा) मा प्रथम भएको हो । त्यस्तै तुलाधरको ‘खरदारया छेँ बजेट भाषण’ (खरिदारको घरमा बजेट भाषण), ‘वा वल फय् बल’ (पानी प¥यो हुरी चल्यो), ‘ह्येँ थकाली कि खेँ थकाली’ (हाँस जेठो कि अण्डा जेठो) चर्चित ख्यालः हुन् । ख्याः बच्छी निःबच्छि नामक दोस्रो पुस्तकमा ‘किसिया व्यापार’ (हात्तीको व्यापार), जागिर चबुम्ह मनू (जागिरबाट खोसिएको मानिस) आदि गरी पाँच ख्यालः छन् । नेपाल संवत् ११०६ मा प्रकाशित ‘राशिफल’ तथा नेपाल संवत् ११०७ मा प्रकाशित ‘डा नवरसानन्द ख्यालः’मा भ्रष्ट नेतालाई व्यङ्ग्य गरिएको छ । त्यस्तै नेपाल संवत् ११०७ मा प्रकाशित ‘घुस नय्य हे मखु’ (घुस खाँदै खाँदैनौँ) ख्यालःमा घुसखोरीका बीचमा इमान्दार मानिस ‘जोकर’ भएर बाँच्नुपर्ने अवस्थाको वर्णन गरिएको छ । दुई छोरा र दुई छोरीका पिता तुलाधर २०३६ सालमा मंकाः खलको अध्यक्ष भई नेपाल भाषा आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बहुदलीय व्यवस्थाको माग गर्दै निर्वाचनमा होमिएका तुलाधर २०४३ सालमा जनपक्षीय रापस, २०४८ मा प्रतिनिधिसभा सदस्य तथा २०५१ सालमा सांसदमा निर्वाचित भई स्वास्थ्यमन्त्री बनेका थिए । २०५८ सालमा सरकार माओवादी शान्तिवार्ताका सहजकर्ता तथा विसं २०७२ मा आदिवासी जनजाति आन्दोलनको अध्यक्ष भई नेतृत्व प्रदान गर्नाका साथै लामो समय मानवअधिकार आन्दोलनको पनि नेतृत्व गरेका थिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: