Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सेनाको ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम प्रभावकारी

काठमाडौं । मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ । दीर्घकालीन तथा रणनीतिक उक्त कार्यक्रम अन्तर्गत नेपाली सेनाका ब्यारेकभित्र हालसम्म विभिन्न खाले तीन हजार ५४ वटा भौतिक संरचना निर्माण भएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।माओवादी द्वन्द्व शुरु हुनुअघि ४८/५० हजारको सङ्ख्यामा रहेको नेपाली सेनाको सङ्गठन १२ वर्षे द्वन्द्वको अवधिमा दोब्बर तुल्याइएको थियो । अहिले नेपाली सेनाको जनशक्ति ९६ हजारको हाराहारीमा छ । पहिले सानो आकारको सङ्गठन भएकै अवस्थामा पनि भौतिक पूर्वाधारको अभाव खेपिरहेको राष्ट्रिय सेनाले तत्कालीन परिस्थितिजन्य कारणले जनशक्ति ह्वात्तै बढाएसँगै सकल दर्जा न्यूनतम मानवीय सेवाबाट समेत वञ्चित हुन पुगेका थिए ।तत्कालीन द्वन्द्वरत माओवादीका लडाकूले सुविधा सम्पन्न र व्यवस्थित स्थल खोजिरहेका बेला राष्ट्रिय सेना बासका लागि भाग्दै आएको दुर्गतिपूर्ण अवस्था अन्त्यका लागि राज्य व्यवस्था समितिको निर्देशनमा सरकारले ‘बङ्कर टु ब्यारेक’को अवधारणा स्वीकृत गरेको थियो । उक्त समितिले रोल्पा, रुकुम, अछाम, सिन्धुलीलगायत जिल्लास्थित सैनिक ब्यारेक निरीक्षणका क्रममा कतिपय स्थानमा सेनाका जबानले रात काट्न समेत पहरा फोरेर बङ्करमा बस्न परेको फेला पारेको थियो । आवासका लागि बनाइएका कतिपय बङ्कर वर्षामा पानी जमेर पोखरीमा परिणत भएकाले समितिले २४ घण्टै सेवारत राष्ट्रिय सेनालाई समयानुकूल उपयुक्त बासस्थानको व्यवस्था गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको तत्कालीन समितिका सचिव मुकुन्द शर्मा बताउछन् । त्यसबेला ठूलो सङ्ख्याका सैनिक जवानले बङ्करलाई आश्रयस्थाल बनाउनुपर्ने बाध्यात्मक अवस्था थियो । सरकारले लामो छलफल र बहसपछि २०६८/६९ बाट सेनाका ब्यारेकसहित पाँच हजार ८५० अन्य भौतिक संरचना निर्माण गरी ‘बङ्कर टु ब्यारेक’ सम्बन्धी १० वर्षे रणनीतिक अवधारणा अघि बढाएको थियो । उक्त कार्यक्रम अन्तर्गत यसवर्ष १६९ संरचना निर्माणका लागि बजेट विनियोजन भएको प्रवक्ता भण्डारीले जानकारी दिए । उक्त कार्यक्रम अन्तर्गत बङ्कर अत्याधुनिक ब्यारेकमा स्तरोन्नति भएका स्थानका सैनिक जवानले एक निन्द्रा नयाँ खाटमा ढुक्कसँग निदाउन पाएका छन् भने बनेको नयाँ संरचनाबाट सजिलैसँग दैनिक काम गर्ने वातावरण बनेको छ ।एउटा सैनिकका ब्यारेकभित्र आवास, भन्साघर, शौचालय, स्नान घर, सञ्चारस्थल, फायरिङ रेञ्च, तालीम कक्ष, अभ्यास इलाका, खेल मैदान, अतिथि भवनजस्ता संरचना हुनु आवश्यक मानिन्छ । सेनाले विनियोजित रकमको आधारमा त्यस्ता स्थानको प्राथमिकता तय गरी बासस्थान, भन्साघर, शौचालय, स्नान घरलगयत संरचना निर्माण गर्दै आएको छ । बाँकी रहेका दुई हजार ७६५ संरचना आर्थिक वर्र्ष २०७८/७९ मा पूरा गरिनेछ ।सैनिक मुख्यालयमा रहेको भौतिक पूर्वाधार निर्माण समितिको विभिन्न पल्टनले उपलब्ध गराएको विवरण र तथ्याङ्कका आधारमा लक्ष्य तोकेर निर्माण अघि बढाउन स्वीकृति दिँदै आएको छ । राष्ट्र एवं जनताको हित र सुरक्षाको मुख्य जिम्मेवारीमा रहेको नेपाली सेनालाई मुलुकको तागतका रुपमा हेरिने गरिन्छ । सैनिक जवानको मनोवल उच्च राख्ने सन्दर्भमा सेनाको नेतृत्वले जिम्मेवारीका साथ बङ्करबाट ब्यारेक कार्यक्रम कार्यन्वयनमा जोड दिँदै आएको छ । एक सेवा निवृत्त उपरथी भन्छन्,“घरमूलीलाई जस्तो पीर र चिन्ता अरु कसलाई हुन्छ र ?” नेपाली सेनाले व्यावसायिक, अनुशासित र आदेशपालन गर्ने कर्तव्यनिष्ठ सैनिकका रुपमा विश्वमै ख्याति कमाएको छ । विश्वशान्ति स्थापना कार्यमा नेपाली सेनाले ‘शान्ति पीस च्याम्पियनसीप’को छवि बनाइसकेको छ । प्रत्येक सकल दर्जालाई एउटा हतियार र विश्रामका लागि एउटा खाट दिन सकियोस् भन्ने मान्यताका साथ अघि बढाइएको उक्त कार्यक्रमले आगामी तीन वर्षभित्रै मूर्तरुप लिने भएकोे छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: