भक्तपुर । वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ । उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य जाति पनि बारीमा लगाएको मखमली फूल टिपेर माला गाँस्नमै व्यस्त छन् तिहार लागिसक्यो, तिहारमा माला बिक्री गर्न नसके फूल खेर जाने भएकाले यहाँका करीब ६० घरपरिवारलाई मखमली फूल टिप्न, माला गाँस्न र बजार लैजान चटारो भएको हो । अहिले यहाँका बासिन्दालाई धान भित्र्याउने भन्दापनि माला बिक्री गर्ने चटारो भएको स्थानीय सन्तमाया बाला बताउँछन् । दश वर्ष अघिसम्म यहाँका बनमालाहरुले मात्रै फूल खेती गर्दै आएपनि पछिल्लो समयमा फूलखेती आम्दानीको मुख्य स्रोत भएको र एकै पटक दुई बाली लाउन सकिने भएपछि यहाँका किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् । दिनभरमा एकजनाले १०० देखि १५० वटासम्म माला गाँस्ने गरेका छन् । अहिले बिहानैदेखि रातिसम्म नै कोही माला गाँस्ने कोहीले बजार पु¥याउने कामको चाँजो यहाँका बासिन्दाले मिलाएका छन् । व्यापारी गाउँमै माला र फूल लिन आउने भएपछि धेरैले व्यापारीलाई नै माला दिएका छन् भने व्यापारीको माग बमोजिम माला गाँस्नसमेत सकिएको छैन । सन्तमाया भन्नुहुन्छ, “मखमली फूलखेतीले आत्मनिर्भर बनाएको छ, दशँै–तिहारका लागि अन्यत्र खर्च खोज्न जानु पर्दैन, चाडपर्व मनाएर पनि रकम बचत गर्न सकिन्छ, धान नफल्ने खेत तथा बारीमा लहलह फूल झुल्न थालेपछि यैे खेती शुरु गरेका हौ ।” मखमली फूल खेती गरेकै ठाउँमा अन्यजातका फूल तथा भटमास, मकै लगाएर दोहोरो बालीसमेत उनीहरुले भित्र्याउने गरेका छन् । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट रु एक लाखसम्म आम्दानी हुने भएपछि किसानहरु फूलखेतीतर्फ आकर्षित भएका हुन् । किसानले चारआनादेखि पाँच रोपनी जग्गासम्ममा फूल खेती गर्दै आएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डु र चाँगुनारायण नगरपालिका –९ ताथली फूलखेतीका लागि प्रसिद्ध छ । भक्तपुरका विभिन्न स्थानमा करीब पाँच सय हेक्टर जमीनमा फूलखेती हुने गरेको छ । वर्षेनी जिल्लामा करीब रु तीन करोडभन्दा बढीको फूल बिक्री हुने गरेको छ । भक्तपुरमा उत्पादान भएका मखमली फूल र माला राजधानीसँगै विभिन्न जिल्ला र विदेशमा समेत निर्यात हुने र गाउँमै व्यापारी आएर लैजाने भएपछि किसानलाई निकै सहज भएको गरिबसँग विश्वेश्वर कृषि समूहकी संयोजक मन्सरा मिश्र बताउछन् । विसं २०६० मा स्थानीय विकास कोषले फूलखेतीमा किसानलाई आकर्षित गर्न तालीम र बिउविजन दिएपछि किसानहरु फूलखेतीमा आकर्षित भएका हुन् । वैशाख–जेठ महीनामा रोपेको मखमली फूल साउनदेखि टिपेर राख्ने र असोजदेखि बिक्री गर्ने गरिन्छ । साउनदेखि फूल टिप्न थाले पनि कात्तिकसम्म नै फूल टिप्न मिल्छ । घरबाट व्यापारीहरुले प्रतिमाला रु २० देखि २५ सम्म दिने गरेका र आफँैले बजारमा लगेर बेच्दा रु ५० सम्म आउने गरेको उनीहरु बताउँछन् । मखमली फूलको माला खोज्न साउनदेखि नै व्यापारी आउने गरेको ताथलीकी सरिता बालाले जानकारी दिए । खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले अहिले बनमाला बाहेक अन्य जातीले पनि फूल खेती गर्ने गरेको उनको भनाइ थियो ।
व्यावसायिक फूलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने गरिएको संयोजक मिश्रले बताए । भाइटिकामा कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिए दाजुभाइले दीर्घजीवन पाउने विश्वासका कारण तिहारमा यो फूलको महत्व बढेको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: