Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

सभामुख महराले यसरी सम्झिए दिवंगत नेता तुलाधरलार्इ

काठमाडाैं । सभामुख कृष्णबहादुर महराले मानवअधिकारवादी तथा वरिष्ठ वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधर प्रति श्रझाञ्जली व्यक्त गर्दै राजनीतिक, सामाजिक, साँस्कृतिक र पहिचानको आन्दोलनका निष्ठावान्, इमान्दार र प्रष्ट वक्तालाई गुमाएकाे बताएका छन् ।

सभामुख महराद्वारा जारी वक्तव्यमा भनिएकाे छ, \'उहाँले पञ्चायतकाल होस् या २०४६ को जनआन्दोलनमा लोकतन्त्रका लागि गरेको संघर्ष, माओवादी जनयुद्धलाई शान्तिप्रक्रियाका ल्याउन मध्यस्थकर्ताको रुपमा खेलेको भूमिका र २०६२/०६३ को जनआन्दोलनमा नागरिक अगुवाका रुपमा पूरा गरेको जिम्मेवारी अतुलनीय छ । उहाँले मानवअधिकारकर्मी र नागरिक अगुवाका साथै सामाजिक, साँस्कृतिक परिवर्तन तथा पहिचानको एजेण्डा स्थापित गर्ने अभियन्ताको रुपमा समेत आफूलाई उभ्याउनुभएको छ ।\'

शोक वक्तव्यमार्फत् सभामुख कृष्णबहादुर महराद्वारा पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जली !

मानवअधिकारवादी तथा वरिष्ठ वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको आज दिउँसो उपचारको क्रममा नर्भिक हस्पिटलमा निधन भएको खबरले मलाई अत्यन्तै मर्माहत बनाएको छ । उहाँको निधनले नेपालको अधिकार प्राप्तिको आन्दोलनका एक अभियन्ता, शान्ति प्रक्रियाका कुशल मध्यस्थकर्ता, राजनीतिक, सामाजिक, साँस्कृतिक र पहिचानको आन्दोलनका निष्ठावान्, इमान्दार र प्रष्ट वक्तालाई गुमाएका छौं । दुःखको यस घडिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

उहाँले पञ्चायतकाल होस् या २०४६ को जनआन्दोलनमा लोकतन्त्रका लागि गरेको संघर्ष, माओवादी जनयुद्धलाई शान्तिप्रक्रियाका ल्याउन मध्यस्थकर्ताको रुपमा खेलेको भूमिका र २०६२/०६३ को जनआन्दोलनमा नागरिक अगुवाका रुपमा पूरा गरेको जिम्मेवारी अतुलनीय छ । उहाँले मानवअधिकारकर्मी र नागरिक अगुवाका साथै सामाजिक, साँस्कृतिक परिवर्तन तथा पहिचानको एजेण्डा स्थापित गर्ने अभियन्ताको रुपमा समेत आफूलाई उभ्याउनुभएको छ ।

मैले उहाँलाई विशेष गरी माओवादी आन्दोलनलाई शान्तिप्रक्रियामा ल्याउन भूमिका खेल्ने एक कुशल मध्यस्थकर्ता, एक इमान्दार, निष्ठावान् र विश्वासिलो व्यक्तित्वको रुपमा चिन्दछु । माओवादी आन्दोलनका क्रममा सरकारसँग भएका तीनवटै वार्तामा उहाँ मध्यस्थकर्ताको रुपमा हुनुहुन्थ्यो । त्यो बेला उहाँको तटस्थ र इमान्दार भूमिकाले शान्तिप्रक्रिया सफल बनाउन विशेष योगदान गरेको थियो । माओवादी आन्दोलनलाई राजनीतिक रुपले हल गर्नुपर्छ, शान्ति वार्ताद्वारा नयाँ निष्कर्ष दिनुपर्छ भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादी आन्दोलनलाई राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने कुरामा उहाँले ठूलो भूमिका खेल्नुभएको थियो । यतिमात्रै होइन, पछिल्लो समयमा एनटीटीपीमार्फत् राष्ट्रिय समस्याहरुको पहिचान गर्ने र समाधान गर्ने काममा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो ।

अधिकार प्राप्तिको आन्दोलनमा जीवनपर्यन्त लड्नुभएका तुलाधरको निधनले आज देशलाई अपूरणीय क्षति भएको छ । उहाँको निष्ठावान् व्यक्तित्व, इमान्दार र संघर्षशील जीवनलाई हामी सबैले अनुशरण गर्न सकेमा मात्रै उहाँप्रतिको साँचो श्रद्धाञ्जली र योगदानहरुको उचित सम्मान हुनेछ भन्ने मैले विश्वास लिएको छु । फेरि पनि उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडालाई सहन गर्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु ।

१८ कार्तिक, २०७५ कृष्णबहादुर महरा

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE