Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

नेपालमा कुद्न थाल्यो रेल

पथरी, १८ कात्तिक । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३ दशमलब ३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो । हालसम्म रेल्वेको परीक्षण भइसकेको जोगवनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिए । परीक्षणका क्रममा आज रेलको इञ्जिनको डिब्बा ल्याइएको हो । आगामी मङ्सिर २६ गतेदेखि नियमितरुपमा सञ्चालन गरिने उनले बताए । सो मार्गका चल्ने रेल भने यात्रुवाहक होइन । कच्चा पदार्थ ढुवानी गर्न सहजताका लागि व्यापारी व्यवसायीले प्रयोग गर्नेछन् । बथनाहा–कटहरी १८ किमी दूरीको रेलमार्गमध्ये बथनाहा–बुधनगरको आठ किमी रेलमार्ग निर्माण भएपछि रेलको परीक्षण गरिएको हो । रेल्वे निर्माण कम्पनी इन्कोरका असिस्टेन्ट मेनेजर रणवीर कुमारका अनुसार आगामी पुससम्ममा रेल्वे निर्माणको काम सम्पन्न गर्नुपर्ने सीमा भएपनि नेपालतर्फ भएको जग्गा मुआब्जा विवादका कारण १८ किलोमिटरमै काम नसकिने देखिएको छ । भारतको बथनाहाबाट बुधनगर आइपुगेको रेलको इञ्जिन बोक्ने डब्बामा भरतकारेल विभाग र निर्माण कम्पनी इरकोनका प्रतिनिधि सवार थिए । रेलबाट उत्रिएका इरकोन कम्पनीको सञ्चालक अश्विनी कुमारले सञ्चारकर्मीसँग कुरा गर्दै मङ्सिर २६ गतेदेखि निर्वाधरुपमा सञ्चालन हुने बताए । बुधनगरमा रेल आइपुगेपछि स्थानीय निकै हर्षित भएका छन् । रेल आउनु दुई घण्टा अगावैदेखि स्थानीय कुरेर बसेका थिए । विराटनगर–१८ का वडाध्यक्ष सञ्जय साहले बुधनगरमा रेल आएपछि सबैलाई फाइदा पुग्ने बताउनुहुन्छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमीनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी भएको थियो । समझदारीअनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याई पु-याउनुपर्ने भएपनि विराटनगर–जोगवनी रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवादले असर गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending