Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

कांग्रेसको चियापानमा प्रचण्डले के भनेका थिए र देउवाले यस्तो जवाफ फर्काए ?

काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता र मेलमिलाप आजको आवश्यकता भएको बताएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चियापानले आपसी एकता र सदभाव बढाउने बताउँदै एकता र मेलमिलाप आज पनि उत्तिक्कै आवश्यक रहेको बताए । उनले भने, ‘चियापानको सुरुवात विगतमा वीपी कोइरालाले गरेका हुन् । यो त्यसैको निरन्तरता हो । यसले आपसी सदभाव र एकता ल्याउन मद्दत गर्छ । एकता र मेलमिलाप आज पनि आवश्यक छ ।’ अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिक परिवर्तन पनि पार्टीहरुबीचको एकताले मात्र सम्भव भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक स्थिरताका लागि कांग्रेससँगै मिलेर शान्ति प्रक्रिया सम्भव भयो । अब सबै मिलेरै संविधानको कार्यान्वयन गर्नुपर्छ, त्यसपछि मुलुकमा समृद्धि आउँछ ।’ कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान विगतदेखिको परम्परा भएको बताउँदै यसले वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिलाई सहयोग गर्ने बताए । उनले मुलुकमा अहिले पनि मेलमिलापको नीति आवश्यक रहेको बताउँदै यसले आपसी सदभाव बढाउने बताए । देउवाले प्रचण्डको प्रस्तावको जवाफ दिँदै भने, ‘सहमति र सहकार्य त सत्‍ता पक्षले चाहे मात्र हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: