Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

'कोरियामा यौनशोषण सामान्य', शक्ति र पदमा भएका पुरुषबाट चरम शोषण भएको खुलासा

उत्तर कोरियाली अधिकारीहरूबाट महिलामाथि यौनशोषण हुने गरेको र त्यो प्राय: दण्डहीन रहने गरेको मानवाधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)को प्रतिवेदनले जनाएको छ।

एचआरडब्ल्यूका अनुसार त्यस्तो शोषण व्यापक छ र सामान्य जीवनको अंशजस्तै बनिसकेको छ। देश छोडेर भागेका ६२ उत्तर कोरियालीसँग गरिएको कुराकानीमा आधारित भएर सो प्रतिवेदन बनाइएको हो। उनीहरूले नै बलात्कार र यौनशोषणबारे विस्तृत विवरण उपलब्ध गराएका थिए। यसबाट उत्तर कोरियामा शक्ति र पदमा भएका पुरुषबाट खुल्ला र चरम शोषण हुने गरेको स्पष्ट भएको सो समूहले जनाएको छ। \"उनीहरू हामीलाई खेलौना भन्ठान्छन्। हामी पुरुषको नियन्त्रणमा हुन्छौँ,\" ओ जङ-हीले सो प्रतिवेदनका लेखकहरूलाई भनेकी छन्। चालीस वर्षमाथिकी ती महिला उत्तर कोरियामा हुँदा व्यापार गर्थिन्। \"कहिलेकाहीँ राति अकस्मात् रोइन्थ्यो। तर त्यसको कारण थाहा हुन्नथ्यो।\" उत्तर कोरियाभित्र हुने गतिविधिबारे सूचना सङ्कलन गर्न गाह्रो भएकाले यस्ता प्रतिवेदन दुर्लभ मानिन्छन्। एचआरडब्ल्यूका अनुसार केही महिलाले यौनशोषण अतिसामान्य भएको र आफूलाई त्यो \'असामान्य\' नलागेको बताएका छन्। केहीले त यौनशोषणलाई आफ्नो दैनिक जीवनको भागकै रूपमा स्वीकारिसकेको बताएका छन्। यौनशिक्षाको अभाव र शक्तिको दुरुपयोग नियन्त्रण नहुने गरेकाले यौनशोषण गर्ने मनोवृत्ति बढेको सो प्रतिवेदनले जनाएको छ। पीडकहरूमा उच्चपदस्थ अधिकारी, कारागारका सुरक्षाकर्मी, प्रहरी र सैनिकहरू पनि छन्। कुनै सरकारी कर्मचारीले एउटी महिलालाई \'छान्यो\' भने उनीसँग त्यो स्वीकार्नुबाहेक अन्य विकल्प नहुने गरेको महिलाहरूले एचआरडब्ल्यूलाई बताए। उत्तर कोरियाबाट भाग्न लाग्दा समातिएकी एउटी महिलाले हिरासतमा रहँदा एक प्रहरी अधिकृतबाट त्यस्तै दुर्व्यवहार खेप्नुपर्‍यो। पार्क यङ-हीले भनिन्, \"उनले मलाई आफूनजिकै बसाए ... र मेरो गुप्ताङ्गतिर छोए... धेरै पटक फरकफरक दिनमा।\" \"मेरो जीवन उनको हातमा थियो। त्यसले उनले गर्न चाहेको सबै कुरा मैले मानिदिएँ। त्योबाहेक म अरू के नै गर्न सक्थेँ र?\" एचारडब्ल्यूले उत्तर कोरियालाई \'यौनहिंसाको समस्या स्वीकार्न\' र त्यसलाई अपराध मान्न आग्रह गरेको छ। सन् २०१४ मा प्रकाशित संयुक्त राष्ट्रसङ्घको एउटा प्रतिवेदनमा उत्तर कोरियामा राज्यबाट नै मानवाधिकारको चरम उल्लङ्घन सङ्गठित र व्यापक रूपमा हुने गरेको उल्लेख गरेको थियो। सो प्रतिवेदनले उत्तर कोरियाका कारागार र हिरासतमा बलपूर्वक गर्भपतन, बलात्कार र यौनहिंसा हुने गरेको पनि जनाएको थियो। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending