Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

यी जापानी राजकुमारीः जसले पदवी छोडेर प्रेमीसँग विवाह गरिन्

जापानी राजकुमारी २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गरिदिएकी छन् । गत गृष्ममै उक्त घोषणा गरेकी आयाकोले सोमबार ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कसिन् । मोरिया राज खानदानका होइनन् उनी जहाज कम्पनीमा काम गर्छन् । सोमबार एक मन्दिरमा परम्परागत चलनअनुसार उनीहरूको विवाह भएको छ । राजकुमारीका आयाकोको जिजुबुवा सम्राट मेइजीको नाममा बनाइएको मन्दिरमा भएको विवाह समारोहमा राजकुमारी परम्परागत पोशाक किमोनो लगाएर आएकी थिइन् दुलाहा मोरियाले कालो कोट र खैरो पाइन्ट लगाएका थिए । ‘म उनीसँग विवाह गर्न पाउँदा र धेरै जना यहाँ आएर हामीलाई बधाई दिँदा हर्षविभोर छु,’ विवाह समारोहपछि राजकुमारीले भनिन् । तीन पुस्तादेखि जापानी राजपरिवारले आफूले चाहेकासँग विवाह गर्न स्वतन्त्रता दिँदै आएको छ । सम्राट अकिहितोले पहिलो पटक आमकेटीसँग विवाह गरेका थिए। पछि उनी साम्राज्ञी मिचिको बनिन्। अकिहितो र मिचिकोको भेट अदालतमा भएको थियो । यसअघि गत वर्ष पनि राजकुमारी माकोले पनि प्रेमीसँग विवाह गर्ने भन्दै पदवी त्याग गरेकी थिइन् । जापानी राजपरिवारकी छोरी मान्छेले आममान्छेसँग विवाह गर्दा राजपरिवारको पद त्याग्नुपर्छ । जापानको उत्तराधिकार कानुनअनुसार आयाकोले राजकुमारी पद त्यागेकी हुन् । विवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरेपछि उनले श्रीमानको थर पाउनेछन् । जापानको राजपरिवारमा पुरूषको कमी छ । युवराज नारूहितो, जो अर्को वर्ष अकिहितोले सिंहासन छोडेपछि सम्राट बन्दैछन्, उनका भाइ फुमिहितो, उनका भतिजाहरू हिसाहितो र मासाहितो र सम्राटका ८० वर्षीय भाइमात्र सिंहासनका उत्तराधिकारी छन् । आम केटासँग विवाह गरेकी आयाकोले राजपरिवारबाट खर्चबापत् ९ लाख ५० हजार अमेरिकी डलर पाउने छिन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: