Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

झलनाथले साबेल समाउन नजानेपछि....

वैशाख १२ को भूकम्पले नेपाली समाजमा रहेका थरीथरीका पात्र र प्रवृत्तिलाई सबैले बुझ्नेगरी उदांगो पारिदिएको छ । वैशाख १२ र त्यसयता लगातार आइरहेका साना–ठूला भूकम्पले नेपाली समाज र जनजीवनमा सिर्जना गरेको विपद, त्रासदी र बहुआयामिक समस्याको बीचमा प्रदर्शित व्यवहारका कारण कोही जनताका वास्तविक आफन्त सावित भएका छन्, कोही दुस्मन ठहरिएका छन् त कोही ‘जोकर’ मात्रै बनेर समेत देखापरेका छन् । भूकम्पले थिलथिलो पारिदिएका घर–बस्तीमा पुगेर उद्धार, राहत र पुनर्निर्माणद्वारा जनसेवा गर्ने क्रममा राज्यका सुरक्षासंयन्त्र, सञ्चारजगत् र सबैजसो राजनीतिक दल तथा दलसम्बद्ध जनवर्गीय संगठन एवम् नेता–कार्यकर्ताले असाध्यै महत्वपूर्ण र जनप्रेमी भूमिका निर्वाह गरे । विपद्का बेला इमानदारिताका साथ गरिएका सबैका सकारात्मक कामलाई कुनै पनि आग्रह–पूर्वाग्रहविना जनताले राम्रो मानेका छन् र हृदयदेखि आभार प्रकट गरे । उद्धार, राहत र पुनर्निमाणकै क्रममा कतिपय भने आफ्नो ‘नानीदेखिको बानी’ बाट मुक्त हुन सकेनन् । राज्यको ढुकुटीमाथि नियन्त्रण जमाएकैहरुले समेत भूकम्पपीडित नागरिकहरुका निम्ति गैरराज्य तर्फका दाताले उपलव्ध गराएका जस्तापाता लगायतका राहत सामग्री नै बेचेर खाने हर्कत गर्न समेत पछि परेनन् । यसै मेसोमा कतिपयले एकाध किलो खाद्यसामग्री वा राहतका नाममा एकाध थान जिन्सी बाँडेर व्यापक ‘फोटेसेसन’ गर्ने र सामाजिक सञ्जालहरुबाट आफ्नो ‘महानता’ को प्रचारवाजी गर्ने घटिया काम गरेको पनि देखियो । भूकम्पपीडितको पीडालाई कतिपयले क्षुद्र राजनीतिक स्वार्थपूर्ति गर्ने, व्यावसायिक विज्ञापन गर्ने र धार्मिक प्रभाव विस्तार गर्ने ‘अवसर’ का रुपमा समेत दुरुपयोग गरे । सञ्चारमाध्यमहरुले पनि सन्तुलित र वस्तुनिष्ठ भएर राहत, उद्धार र जनसेवाका क्षेत्रमा विभिन्न पक्षले पुर्याएका योगदानको सही सूचना सम्प्रेषण गर्नुको सट्टा आस्थाका आधारमा ‘बिरालोलाई बाघ’ का रुपमा र ‘बाघलाई बिरालो’ का रुपमा प्रस्तुत गरेका घटना पनि प्रशस्तै देखिए । उद्धार, राहत र पुनर्निर्माणका क्रममा उल्लेख्य योगदान पुर्याएको ठानिएकैहरुमध्ये पनि कतिपयले चाहिँ आ–आफ्नो योग्यता, क्षमता, ज्ञान र सिपको आधारमा योगदान गर्नुभन्दा पनि विपतको घडीलाई ‘प्रपोगान्डाको अवसर’ का रुपमा लिएका घटनाक्रम समेत प्रशस्तै देखिए । उदाहरणका रुपमा नेपालका पूर्वप्रधानमन्त्री एवम् एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाललाई नै लिन सकिन्छ । प्रस्तुत तस्बिरमा खनालले साबेल चलाएर माटो उठाउन थालेका देखिन्छन् । तर, उनले साबेल समातेको तस्बिर देखेर मान्छे मज्जैले हाँसेका छन् । साबेल समाउँदा तल समात्नुपर्ने हात माथि र माथि समात्नुपर्ने हात तल पारेर उल्टो समातेको देखिन्छ भने तल समातेको हात उल्टै भए पनि समातेकै समेत मिलिरहेको छैन । यो तस्बिरले वास्तविक जनसेवा गर्नभन्दा ‘प्रपोगान्डा’ को उद्देश्यले मात्रै खनालले साबेल उचालिरहेछन् भन्ने नै पुष्टि गर्दैन र ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending