Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कांग्रेस कञ्चनपुरले पत्रकारलाई किन कालो झण्डा देखायो ?

काठमाडौं। नेपाली कांग्रेस कञ्चनपुरले पत्रकार महासंघका प्रतिनिधि चढेको गाडीलाई कालोझण्डा देखाएको छ । शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजित प्रथम बेलौरी महोत्सवको उद्घाटनमा पुगेका पत्रकारका नेताहरुलाई कांग्रेसले कालोझण्डा देखाएको हो । कांग्रेसका कार्यकर्ताले सडकपेटीमा उभिएर पत्रकार चढेको गाडीलाई कालोझण्डा देखाएका हुन् । बेलौरी महोत्सवमा आयोजकले सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई मात्र बोलाएको र पार्टीलाई निम्ता नगरेको भन्दै कांग्रेसका नेता, कार्यकर्ता आक्रोशित बनेका छन् । आक्रोशित बनेका कार्यकर्ताले महोत्सवमा आउने सबै आगन्तुकमध्ये पत्रकार चढेको गाडीलाई कालोझण्डा देखाएका हुन् । महोत्सवको प्रमूख अतिथिका रुपमा खानेपानी मन्त्री बीना मगरलाई निम्त्याइएको थियो । उनी कञ्चनपुरकी निर्वाचित सांसद पनि हुन् । दलहरुलाई महोत्सवमा निम्ता नगरेको सूचना पाएपछि मन्त्री मगरले आयोजकलाई पुन पत्राचार गर्न सुझाएकी थिइन् । कांग्रेस कार्यकर्ताले मन्त्री मगर चढेको गाडी भन्दै पत्रकारको गाडीलाई कालोझण्डा देखाएपछि स्थानीय आश्चर्यचकित भएका थिए । यसबारे कांग्रेसले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । पत्रकार महासङ्घका कञ्चनपुर नेता राजेन्द्र अवस्थीलाई पत्रकार महासङ्घको गाडीमा कालोझण्डा देखाएको भन्दै आपत्ति जनाएको छन् । उनले फेसबुकमा स्टाटस लेख्दै पत्रकार र मन्त्रीको गाडी पनि नचिन्ने भन्दै व्यङ्गसमेत गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending