Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

मन्त्री केशब स्थापितमाथि अारोपः अाखिर किन गरे शिव प्रकाशको हत्या प्रयास ?

काठमाडाैं । सामाजिक सञ्जालमा सुरु भएको #Metoo अभियानका क्रममा भारतका प्रतिष्ठित व्यक्तिहरुको नाम मुछिने क्रम जारी छ । बलिउडमा तहल्का मच्चाएको मि टुको समर्थनमा केही साता अघि नेपाली महिला पत्रकाहरुले पनि आफू विरुद्ध भएको यौन हिंसाकाबारे बोले । विश्वभरी फैलिदै गएको मि टु मुभमेन्टले नेपाली राजनीतिक क्षेत्रमा नि प्रवेश पाएको छ । शिव प्रकाशले तत्कालिन काठमाडाैं महानगरपलिकाको मेयर तथा हालका प्रदेश नम्बर ३ भाैतिक पूर्वाधार विकासमन्त्री  केशब स्थापितमाथि अारोप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्टीटरमा अाफ्नो हत्या गर्नेसम्मको प्रयास गरेको अारोप लगाएका छन् ।उनले ट्वीटरमा लेखेका छन् \'अाज मुख खोलें, यी दुष्टले मेरो हत्या गराउने प्रयास गरेका थिए । म खेलकुद परिषद्को प्रचार प्रसार विभागमा रहँदा स्थापित सदस्य सचिव भएर अाए । दुर्इ कुरामा यिनले मलार्इ तँगारो देखे । एक थियो, राजनीतिक विचार । म प्रजातान्त्रिक थिएँ । प्रजातान्त्रको पुनस्थार्पना पछि खेलकुद परिषाद्को कर्मचारी संघ पनि स्थापना गरेको थिएँ । उनले मलार्इ तँगारो देखे । रक्सी र अाइमाइका भोगी केशव स्थापितले राखेप कार्यालयभित्रै गुण्डा प्रयाेग गरेर ममाथि अाक्रमण गराए ।\' गुण्डा कताबाट अाए थाहा भएन । एक्कासी चार/पाँच जना गुण्डाले मध्य दिउँसो फिल्मिशैलीमा कार्यालयमै अाक्रमण गरेर गए । गेटमा चाैविस घण्टा पहरा थियो । परिषद् अोरिपरि सुरक्षा गार्ड हुन्थे तर ती सबै गुण्डाका लागि स्वर्गद्वार बने । म रगताम्य भएँ, लडे । केहि मित्रले एम्बुलेन्स राखेर अस्पताल लगे । एक हप्ताभन्दा बडीको उपचार पछि घर फर्किएँ । घर फर्किँदा जागिरबाट बर्खास्त गरिएको पत्र पाएँ । यी दुष्टले मलार्इ मार्न खोजेका थिए, म बाँचे ।\' \'नेपाल खेलकुद पत्रकार संघले तयो अाक्रमणको घत्र भत्सर्ना गर्दै ११ दिनसम्म सम्पूर्ण खेलकुद समाचार बहिस्कार गर्ने निर्णय लियो । गोरखापत्रदेखि कान्तिपुरलगायत सम्पूर्ण पत्रपत्रिकाले सम्पूर्ण पत्रपत्रिकाले खेलकुद समाचार बहिस्कार गरे, दोषिमाथि कारबाहिको माग गरे । तर सर्वेसर्वा सदस्य-सचिव केशव स्थापितले एउटा सानो \'इक्वाइरी\' समेत गर्ने अादेश प्रशासनलार्इ दिएनन् । उल्टो मलार्इ जागिरबाट बर्खास्त गरेर तँगारो हटाए भन्ठाने, यी अपराधीले । नेपालको इतिहासमा पहिलो पटक खेलकुद समाचार \'ब्ल्याकअाउट\' भयो । संकटको बेला साथ दिने पत्रकार मित्र र सञ्चार माध्ययमलार्इ सदैव सादर धन्यवाद । #Met00: #मिटू:\'

आज मुख खोलेँ, यी दुष्टले मेरो हत्या गराउने प्रयास गरेका थिए ।https://t.co/8PkOXnmbPF#MeeToo #मीटू pic.twitter.com/A9azCgafmJ

— Shiva Prakash (@Shivaprakash_NP) October 23, 2018
त्यस्तै पत्रकार रश्मिला प्रजापतीले स्थापितले आफूलाई यौन दुर्व्यवहार गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । १५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन् । तर, मुभमेन्ट अन्तर्गत भने उनले सामाजिक सञ्जालमा उक्त घट्नाबारे पहिलो पटक लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन् । \"\" उनलाई प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडाैं महानगरपालिका पूर्व मेयर केशव स्थापितले ह्यारेस गरेको बारे लेखिन् । केशवले अहिले पनि अन्य पत्रकारलाई पनि ह्यारेस गरेको कुरा उनले दावी गरेकी छिन् । उनले लेखेकी छिन् ‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् । मलाई थाहा छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’ साथै उनले अाफू स्थापितबाट यौन हिंसामा परेकाे विषय यसअघि नै लेखेकाे बताइन् । उनले भनिन्, ‘उनको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर गुमाएको पनि लेखेकी थिएँ ।’ यसअघि यो मुभमेन्टमा सहभागी हुँदै पूर्व सञ्चारकर्मी मीना कैनी,फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठ, बिम्मी कालिन्दा शर्माले सेक्सुअल ह्यारेसमेन्टका विषयमा बोलेकी थिइन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending