Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

संविधानलाई चुनौती दिएकी एउटी यौनकर्मीको कथा

सन् १९५८ मे १ मा भारतको इलाहाबाद शहरस्थित एउटा अदालतमा सबैको ध्यान एक जवान महिलामा केन्द्रित थियो।

चौबीस वर्षीया हुसैन बाईले न्यायाधीश जगदीश सहायलाई आफू \'यौनकर्मी\' भएको बताइन्। उनले मानव तस्करी रोक्नेबारे ल्याइएको एउटा कानूनलाई चुनौती दिँदै रिट दायर गरेकी थिइन्। उनको तर्क थियो- जीविकोपार्जनको माध्यममाथि आक्रमण गरेर नयाँ कानूनले संविधानद्वारा स्थापित कल्याणकारी राज्यको उद्देश्य विपरीत काम गरेको छ। तत्कालीन भारतीय समाजमा त्यो एउटा विद्रोही कदम थियो, जुन कदम एक गरीब मुस्लिम यौनकर्मीले चालेकी थिइन्। भारतीय समाजले यौनकर्मीहरूलाई समाजबाहिरको ठानिरहेका बेला उनले न्यायाधीशहरूलाई त्यस्ता महिलातर्फ हेर्न बाध्य पारिन्। आधिकारिक तथ्याङ्क अनुसार भारतमा सन् १९५१ मा यौनकर्मीहरूको सङ्ख्या ५४ हजारबाट घटेर २८ हजार पुगेको थियो। यौनकर्मीहरूले कांग्रेस पार्टीलाई चन्दा दिने प्रस्ताव गर्दा त्यतिबेला महात्मा गान्धीले त्यसलाई अस्वीकार गरिदिएका थिए। जबकि यौनकर्मीहरूको एउटा तप्का थियो जसलाई मतदान गर्ने अधिकार दिइएको थियो किनकि उनीहरूले पैसा कमाउँथे, कर तिर्थे र उनीहरूसँग सम्पत्ति पनि थियो।

बिर्सिएको कहानी

\"\" हुसैन बाईको व्यक्तिगत जीवनबारे धेरै जानकारी छैन र कुनै अभिलेखमा पनि उनको कुनै तस्वीर भेटिएन। उनको बारेमा यति मात्र थाहा भयो कि उनी आफ्नो काकाकी छोरी र दुई भाइसहित बस्थिन्, जो उनकै आम्दानीमा निर्भर थिए। तर यल विश्वविद्यालयस्थित इतिहासकार रोहित डेको नयाँ किताबमा हुसैन बाईले यौन व्यवसाय चलाउन गरेका सङ्घर्षबारे उल्लेख गरिएको छ। \'ए पीपल्स कन्स्टिट्युशनः ल एण्ड एभरीडे लाइफ इन द इण्डियन रिपब्लिक एक्सप्लोर्स\' नामक पुस्तकमा त्यतिबेलाका दैनिक जीवन र कल्पना लगायतका विषयमा आएको चर्चा गरिएको छ। देशभरि महिलाहरूको ठूलो आन्दोलनको हिस्साका रूपमा रहेकी हुसैन बाईको कथा बताउन रोहित डे अदालती विवरणमा निर्भर थिए किनकि कुनै पनि अभिलेखमा हुसैन बाईबारे केही जानकारी उपलब्ध छैन। हुसैन बाईको रिटलाई लिएर त्यतिबेला भारतीय समाजमा चिन्ता र रुचि दुवै बढ्यो। नोकरशाही र राजनेताहरूले त्यसमाथि व्यापक बहस गरे र लामो कागजी दस्तावेज बन्यो। इलाहाबादका यौनकर्मीहरूको एउटा समूह र नर्तकीहरूको युनियन उक्त रिटको पक्षमा उभिए।

संसद्‌बाहिर प्रदर्शन

[caption id=\"attachment_212043\" align=\"alignleft\" width=\"850\"]\"\" कैयौँ महिला नेत्रीले यौन व्यवसायविरुद्ध आएको नयाँ कानूनको समर्थन गरेका थिए ।[/caption] दिल्ली, पञ्जाब र तत्कालीन बम्बेका अदालतमा पनि यौनकर्मीहरूको तर्फबाट त्यस्तैखाले रिट दायर हुन थाले। बम्बेमा बस्ने एक यौनकर्मी बेगम कलावतले गुनासो गरेपछि उनलाई शहरबाट निकालियो किनकि उनले एउटा स्कूल नजिकै यौन व्यवसाय चलाइरहेकी थिइन्। उच्च न्यायालयमा उनले समानताको अधिकार र व्यापार तथा हिँडडुल गर्ने अधिकार हनन भएको तर्क गरिन्। नयाँ कानूनले यौनकर्मीहरूलाई उनीहरूको भविष्यबारे चिन्तित बनाइदिएको थियो। उक्त कानूनविरुद्ध लड्न उनीहरूले आफ्ना ग्राहक र स्थानीय व्यापारीबाट पैसा सङ्कलन गर्न थाले। एक पेशेवर गायक र नर्तकीहरूको संगठनको सदस्य भएको दावी गर्ने करिब ७५ जना महिलाले राजधानी दिल्लीमा संसद्‌बाहिर प्रदर्शन पनि गरे।

यौनकर्मी बन्ने विकल्प

\"\" केही गायक, नर्तकी र \'बदनाम\' भनिएका ४५० जना महिलाले पनि नयाँ कानूनविरुद्ध लड्न एउटा युनियन बनाए। इलाहाबादमा नर्तकीहरूले एउटा समूहको घोषणा गरे र उक्त कानूनको विरोधमा प्रदर्शन गर्ने बताए। कलकत्ताको \'रेड लाइट\' क्षेत्रका १३ हजार यौनकर्मीले जीविकोपार्जनका लागि वैकल्पिक काम नदिइए अनशन बस्ने चेतावनी दिए। प्रहरी र सरकारले हुसैन बाईको रिटलाई लिएर चिन्ता व्यक्त गरे। महिला सांसद र सामाजिक कार्यकर्ताको तर्फबाट पनि सो रिटले विरोध झेल्नुपर्‍यो। इतिहासकार रोहित डेका अनुसार त्यतिबेला आलोचकहरू संवैधानिक सिद्धान्तबारेको यौनकर्मीहरूको आह्वानलाई लिएर हैरान थिए। \"हुसैन बाईको रिट र त्यसपछिका रिटलाई त्यतिबेला नयाँ गणराज्यका प्रगतिशील मुद्दामाथिको हमलाको रूपमा हेरियो।\" भारतको संविधान सभामा अनुभवी मानिएका कैयौँ महिला पनि थिए। उनीहरूको तर्क थियो महिलाहरूले यौनकर्मी बन्ने विकल्प रोजेका होइनन्, परिस्थितिका कारण यो पेशा अपनाएका हुन्।

जीविकोपार्जनको अधिकार

रोहित डे भन्छन्, \"सूक्ष्म रूपमा हेर्ने हो भने यो प्रस्ट हुन्छ कि त्यो कुनै व्यक्तिको साहसिक कदम नभइ सिङ्गो भारतमा यौन व्यवसायमा संलग्न महिलाहरूको सामूहिक कदम थियो।\" \"यो स्पष्ट थियो कि मानिसहरू यौन व्यवसायमा संलग्न थिए, उनीहरूले पहिल्यैदेखि आफ्नो पेशामाथि खतरा महसुस गरेका थिए र नयाँ कानूनले त्यसमाथि दबाब बढाएको थियो।\" हुसैन बाईको रिटलाई प्राविधिक कारण देखाउँदै दुई हप्ताभित्र खारेज गरियो। नयाँ कानूनबाट उनको अधिकारमाथि कुनै असर नपरेको भनियो किनकि न उनलाई यौन व्यवसाय गर्नबाट रोक लगाइएको थियो न त उनीविरुद्ध कुनै आपराधिक मुद्दा नै चलाइएको थियो। न्यायाधीश सहायले यौन व्यवसाय गर्नबाट रोक्नुपर्ने आफ्नो तर्क सही भएको बताए पनि अरू न्यायाधीश त्यसबारे केही बोलेनन्। अन्ततः सर्वोच्च अदालतले कानूनलाई संवैधानिक रूपमा सही ठहर गर्‍यो र यौनकर्मीहरूले सो पेशालाई जीविकोपार्जनको अधिकारको रूपमा प्रयोग गर्न नसक्ने भन्यो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending