Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

ओली सरकारप्रति बाबुराम भट्टरार्इको टीप्पणीः न हाँसको चालमा न कौवाको

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको सरकारको चर्को आलोचना गरेका छन् । नयाँ शक्ति पार्टी जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले सरकारको चर्को आलोचना गरेका हुन् । उनले सरकार यही बाटोमा हिँडे जनताले विकल्प खोज्ने बताए । अहिले सरकारको लक्षण गतिलो नदेखिएको पूर्व प्रधानमन्त्री भट्टराईले बताए । राजनीतिक दल र नेतृत्व रुपान्तरण हुन तयार नहुँदा दुई तिहाइको सरकार न हाँसको चाल न कौवाको चाल बनेर अलपत्र भएर बसेको भट्टराईको आरोप छ । सरकारले विकास र समृद्घिको न्यूनतम कुराहरु पनि गर्न नसकेको उनले बताए । ‘महिलाहरुमा असुरक्षा बढेको छ, सरकार यस्ता घटनाका दोषी उपर केही गर्न सक्दैन हामी चिन्तित छौँ,’उनले भने । विकास निर्माणमा दलीय घेरामा बाँढिन नहुने उनले बताए । व्यक्ति वा निजी क्षेत्रले गर्ने काम राज्यले गर्ने अनि राज्यले गर्ने काम निजी क्षेत्रले गर्न खोज्ने प्रवृत्ति रहेको भन्दै राज्य र निजी क्षेत्रको भूमिका छुट्टायाउनुपर्ने भट्टराईले बताए । संघीयता कार्यान्वनमा जाँदा केन्द्रमा रहेको अधिकार स्थानीय तहसम्म नपुगेको गुनासो बढेको भन्दै यसको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने संयोजक भट्टराईले बताए । ‘केन्द्रमा रहेको अधिकार छाड्न संघीय सरकार तयार हुनुपर्‍यो’ उनले भने,‘लोकतन्त्रमा तलसम्म जति अधिकार पुग्यो त्यति समृद्धिको जग बलियो हुन्छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies