Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

वामदेवबारे प्रचण्डले लिए यस्तो निर्णय

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम प्रकरणले पार्टी नेतृत्वबीच अविश्वास जन्माएको स्वीकार गरेका छन् । तर, अब यो प्रकरण समाप्त भएको भन्दै उनले शीर्ष तहमा अविश्वासका अवस्था नरहेको दाबीसमेत गरेका छन् । नेकपाका ३ नम्बर प्रदेश कमिटी पदाधिकारीहरुसँग भएको छलफलमा अध्यक्ष प्रचण्डले केही अविश्वास र असमझदारीको अवस्था सिर्जना भएपनि त्यसको सुरक्षित अवतरण भइसकेको बताए । उनले अहिलेको अवस्थामा सरकारको आलोचना गर्ने भन्दा पनि सरकारलाई बलियो बनाउन पार्टी एकढिक्का हुनुपर्ने बताए । प्रचण्डले भने, ‘वामदेवजीको चुनाव लड्ने सन्दर्भ अब समाप्त भइसक्यो । उनले पनि अब सम्भवतः त्यस्तो चाहना राख्नुहुन्न होला । यो कुराले केही अविश्वासको अवस्था पनि आयो तर, त्यस्तो केही थिएन ।’ प्रचण्डले गलत विषयमा सहमति दिँदा पार्टीमा विराेध हुनु स्वभाविक भएकाे भन्दै वामदेवकाे विषयमा अाफू र अाफ्नाे पार्टीले कुनै निर्णय नलिने स्पष्ट पारे । वामदेवका लागि सिट खाली गर्न काठमाडाैं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । त्यो पत्र प्रचण्ड निवासमा तयार भएको थियो । यसबारे पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुलाई समेत पूर्व सूचना नभएपछि नेकपाका शीर्ष नेताहरुमा अविश्वासको अवस्था आएको थियो । प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले निवासमै पुगेर प्रचण्डलाई भेटेका थिए । बैठकमा शाक्यले स्थायी कमिटी बैठक नबोलाइएको भन्दै नेतृत्वको आलोचना गरेकी थिइन् । पार्टीमा बैचारिक छलफल बहस हुन छाडेको र बैठकबाट नेतृत्व तर्किने गरेको भन्दै शाक्यले तत्काल पार्टीलाई जीवन दिनुपर्ने बताएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending