कञ्चनपुर । निर्मला पन्तको बलात्कार हत्याबारे अनुसन्धान गर्न प्रहरीले गठन गरेको एआईजी धिरु बस्नेत नेतृत्वको समितिले शुक्रबार कञ्चनपुरमा पुगेर निर्मलाको परिवारलाई भेटेको छ । समितिले शुक्रबार निर्मलाका आमा र बुवालाई भेटी घटनाबारे जानकारी लिएको हो । समितिले निर्मलाको शव भेटिएको घटनास्थल पनि निरीक्षण गरेको छ । समितिले प्रहरीसंग हालसम्म भएका अनुसन्धानमा बारेमा जानकारी समेत लिएको छ ।
बस्नेत नेतृत्वको छानवीन समिति आज पहिलो पटक कञ्चनपुर पुगेको हो । समितिले भोली जिल्लास्थित अन्य सरोकारबालासंग भेटघाट तथा छलफल गर्ने प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।
स्थानीयले अनुसन्धानमा प्रहरीको भूमीका माथि नै शंका गरेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको समेत छानविन गर्ने गरि घटनास्थलको निरक्षण गरेको हो । घटनाको छानविनका लागि नेपाल प्रहरीले गएको भदौ ३१ गते एआईजी बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमासमेत पाँच सदस्य छानविन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको छानविन समितिले असोज ९ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ ।
यसैबीच मानव अधिकारकर्मीहरुले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएको भन्दै धर्ना दिएका छन् । उनीहरुले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका हुन् । दैनिक रुपमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसक्ने सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसक्ने भन्दै आन्दोलनकारीले आक्रोश समेत पोखे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: