Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

चितवनका विपन्न सय जनालाई चिनियाँ नागरिकको सहयोग

चितवन । चिनियाँ नागरिक चाङ होङ यूले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५, सोसीबजारका एक सय घरधुरीका विपन्नलाई दशैँको अवसर पारेर खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्नु भएको छ । बिहीबार सोसीनगरमा आयोजित एक कार्यक्रममा चिनियाँ महिला यू र भरतपुर महानगर प्रमुख रेनु दाहालले सहयोग हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि महानगर प्रमुख रेनु दाहालले अति विपन्न परिवारलाई दशैँको बेला राहतस्वरूप चामल, नुन, तेल, मसला, साबुन, कम्बल र नगद सहयोग पु¥याउनु भएकोमा चिनियॉ नागरिक चाङ होङ यूलाई धन्यवाद ब्यक्त गर्नुभयो । कुनै पनि सहयोग सानो र ठूलो नहुने बताउँदै उहाँले नेपालीहरूको महान पर्व दशैँलाई लक्षित गरेर १ सय घर परिवारलाई पु¥याउनु भएको सहयोगले चीन र नेपालबीचको जनस्तरको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो ।

महानगर प्रमुख दाहालले वितरित राहतलाई मितव्ययी ढंगले उपयोग गरी चाडलाई उल्लासमय बनाउनआग्रह गर्नुभयो । उहाँले भरतपुर महानगरपालिका विकास निर्माण, सुशासन र सामाजिक विकासको क्षेत्रमा तिब्र गतिमा अगाडि बढिरहेकोमा जोड दिँदै यसमा सबैको साथ, सहयोग र खबरदारी जारी रहनुपर्ने बताउनु भयो । भरतपुर महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दशैँ राहत दिनुहुने चिनियाँ महिला चाङ होङ यू र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार विशिष्ट अतिथि रहनु भएको थियो ।

सहयोगदाता यूले यस भेगका असहाय, गरीब र निम्न वर्गका समुदायलाई सानो सहयोग गर्न पाउँदा ज्यादै खुसी लागेको बताउँदै सहयोग स्वीकार गरेकोमा सहयोग प्राप्त गर्ने सबैप्रति आफू आभारी भएको बताउनु भयो । उहाँले सहयोग पाउनेहरुको दशैँ सुखमय हुने विश्वास व्यक्त गर्नुभयो । यो अवसर जुटाइदिनु भएकोमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई धन्यवाद भन्दै उहाँले भोलिका दिनहरूमा पनि आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष यमबहादुर परियारले दानवीर चिनियाँ नागरिक चाङ होङ यूप्रति आभार ब्यक्त गर्दै सय घरमा बसोबास गर्ने विपन्न परिवारको दशैँ उल्लासमय हुने विश्वास व्यक्त गर्नुभयो । प्रभात माध्यमिक विद्यालय शुक्रनगरका प्रधानाध्यापक होमनाथ भण्डारीले महानगर प्रमुखको विशेष पहलमा यस क्षेत्रका असहायलाई दशैँ राहत प्रदान गर्ने चिनियाँ नागरिक यूलाई विशेष धन्यवाद दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर २५ अन्तर्गत विभिन्न ठाउँमा बसोबास गर्ने अतिविपन्न, गरीब तथा असहाय एक सय जनालाई प्रतिव्यक्ति दस हजार रुपैयाँ बराबरको खाद्यान्न, मरमसला, कम्बल, चिनी, साबुन र दशैँ खर्च चार हजार रुपैयाँ नगद वितरण गरिएको हो । राहत पाउनेमा दलित, आदिवासी जनजाति, खस, आर्य समुदायका विपन्न परिवार रहेका छन् ।

श्रीमती चाङ होङ यू दस वर्षदेखि बेलाबेलामा नेपाल आउने गर्नुहुन्छ । उहाँले २०७२ सालको विनाशकारी महाभूकम्प गएको बेला भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारको क्षेत्रमा विशेष सहयोग पु¥याउनु भएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending