सुर्खेत, २४ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्धारा आज यहाँ आयोजित जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन कार्यान्वयन सम्बन्धी कार्याशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले समाज विकासका लागि स्वयंसेवी विज्ञ आवश्यक रहेको बताए । “हाम्रो विज्ञता पैसामा बिक्री भईरहेको छ,” मुख्यमन्त्री शाहीले भने, “मुलुकको विषम् घडिमा यो विज्ञता स्वयंसेवीसमेत बन्नुपर्दछ ।”
मुख्यमन्त्री शाहीले अगाडि भने, “हाम्रो विज्ञतालाई पावरप्वाईन्टमा होइन, अब प्रमाणित गरेर देखाउनुपर्दछ ।” विज्ञता भाडामा बिक्री हुन नहुने भन्दै मुख्यमन्त्री शाहीले प्रदेश तथा स्थानीय तहको कानूनमा विपद् जोखिम न्यूनिकरणको नीतिगत कुरा राख्ने भूमिकामा बढी ध्यान दिने र यसका लागि प्रदेश सरकार जिम्मेवारी बोधका साथ अघि बढ्ने जनाए ।
पूर्वमन्त्री तथा विपद् जोखिम न्यूनिकरण क्षेत्रका विज्ञ डा.गंगालाल तुलाधरले भूकम्प, बाढी, पहिरो, भू–क्षय जस्ता प्राकृतिक तथा मानव विपद् जोखिम न्यूनिकरणका लागि सरकारले रणनैतिक महत्वको कानून बनाउनुपर्नेमा जोड दिए । विश्वको भूकम्प जोखिममा ११ औं, सडक दुर्घटनामा ५० देशमा पर्ने नेपालको भू–बनोटको अवस्था अध्ययन गरेरमा मात्र संरचना निर्माण गरिनुपर्नेमा उनको जोड थियो ।
कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगरसमेत भूकम्पको जोखिमबाट मुक्त नरहेको जनाउँदै विज्ञ तुलाधरले विज्ञानले समाधान पत्ता लगाउन नसकेको प्राकृतिक विपद् भूकम्पबाट बच्न उच्च सतर्कताको नीति निर्माण प्राथमिकता दिन आग्रह गरे । कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषिमन्त्री बिमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, प्रमुख सचिव रामप्रसाद थपलियासहित सम्पूर्ण मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: