Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

३४ जिल्लामा सरलीकृत फाराम सञ्चालनमा

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ३४ जिल्लाका आफ्नो मातहतका भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फाराम सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालयमा सेवाग्राहीको लगत व्यवस्थित गर्ने, विचौलियालाई न्यूनीकरण गर्ने, यस क्षेत्रका विभिन्न समस्या समाधान गरी कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले शुरु गरिएको नयाँ फारामको ३४ जिल्लामा भएको व्यवस्थाले मुलुकको ६० प्रतिशत भूमिको कारोबारलाई व्यवस्थित बनाउने छ । पहिलो पृष्ठको शीर्षस्थानमा लिखत गराई लिने खरिदकर्ताको विवरण र सहिछापको व्यवस्था छ । ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट शुरु गरिएको सरलीकृत फाराममा ‘एफोर’ साइजको लिखत बमोजिमको जग्गा समावेश गर्दा खरिदकर्ताको हदबन्दी भन्दा बढी जग्गा कायम हुँदैन । नाम, ठेगाना, नागरिकता नम्बर र जारी मिति, खरिदकर्ताको वारिस भए निजको विवरण सही छापसहितको विवरण, संरक्षक चाहिने भएमा त्यसको विवरणलगायतका विषयवस्तु फाराममा समावेश गरिएको छ । मालपोत र नापी कार्यालयमा हुने अनियमितता न्यूनीकरण गर्न मन्त्रालयअन्तर्गत देशैभरका १३१ कार्यालयमा यस्तो फारामको व्यवस्थापन गरी समय सापेक्ष अत्याधुनिक सेवा पारदर्शी रुपमा सञ्चालन गरिने लक्ष्य लिइएको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताए । एक वर्षभित्र १०५ कार्यालयमा यस्तो फारामको व्यस्था गरिने छ । पछिल्लो पटक विकास भएका विभिन्न प्रविधि तथा उपकरणलाई प्रयोग गरी सेवाग्राहीलाई अत्याधिक लाभान्वित गराउने नीति मन्त्रालयले लिएको छ । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जग्गा प्रशासन प्रत्यक्ष रूपमा जनतासँग जोडिएको हुँदा यस क्षेत्रको कारोबारलाई थप भरपर्दो र जनमुखी बनाउनका लागि बैंकिङ प्रणालीको प्रयोग बढाउँदै लगिने बताए । सरकारी कार्यालयबाट प्राप्त हुने सेवामा सहजै पाउने जनताको अधिकार भएको भए पनि विसं २०२१ को भूमिसम्बन्धी ऐन र विसं २०३४ को मालपोत ऐनमा आधारित भई कार्य सम्पादन भइरहेको छ । यस क्षेत्रमा भएका ढिलासुस्ती र समस्या समाधान गर्नका लागि पुराना ऐन संशोधन गर्नुपर्ने भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आचार्यले विचार व्यक्त गरे । जग्गा जमीन भनेको संवेदनशील विषय भएको र जनताको सम्पत्तिलाई यथार्थ रूपमा अभिलेख गरी सुरक्षित बनाउने दायित्व मालपोत कार्यलयको भएको भए पनि विभिन्न समयमा यस क्षेत्रका बिचौलियाको सञ्जाल र प्रभावले बेलाबेलामा समस्या आउने गरेको छ । ललितपुरस्थित मालपोत कार्यालयका प्रमुख भीमप्रसाद गौतमले उक्त कार्यालयले आव २०७४र/७५ मा रु तीन अर्ब ३८ करोड राजश्व सङ्कलन गरेको जानकारी दिँदै संस्थामा अहिलेसम्म बैंकिङ कारोवार हुँदै आएकामा हिजो देखि इविलिङको सेवा थप गरिएको बताए । यहाँ लेखापढी व्यवसायी गर्दै आउनुभएकी रशिका महर्जनले नयाँ प्रविधिको प्रयोगले कार्य सम्पादनलाई छिटो, दुरुस्त र व्यवस्थित बनाउने भए पनि त्यसलाई अवलम्बन गर्न केही समय लाग्ने विचार व्यक्त गर्नुभयो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending