Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

आमै ! ११ बज्ने बेला भइसक्योे जाने होइन ?

मोरङ । उर्लाबारी नगरपालिका – ७ निवासी ८२ वर्षीया भगवती अधिकारीलाई बिहानको ११ बज्ने वित्तिकै परिवारका सदस्यले भन्छन्, “आमै, ११ बज्ने बेला भइसक्यो जाने होइन” । अधिकारी विगत ६ महिनायता नियमित रुपमा सोही वडामा रहेको उर्लाबारी परोपकार सेवा केन्द्र जाने भएकीले बिहानको ११ बज्ने वित्तिकै उनका छोराबुहारी र नातीनातिनाले त्यहाँ जान सम्झाउँछन् । “अरु कता जान्छन् कता, दिनभर घरमा एक्लै बस्न मनै लाग्दैन,” जेठा छोरा खगेन्द्रसँगै बस्दै आएकी अधिकारीले भनिन्, “परोपकार केन्द्रमा गएपछि आफूजस्तै साथीसँग भेट हुन्छ, दिनभर त्यहाँ बस्दा संसारै बेग्लै भएको महशुस हुन्छ ।” बिहान ११ बजे हामी परोपकार केन्द्रमा भेला हुन्छौँ, उनले भनिन्,“शुरुमा राष्ट्रिय गान गाउँछौ, गणेशको प्राथना गर्छौ, अनि भजनकीर्तनमा रमाउँछौँ ।” अधिकारी मात्र होइन उर्लाबारी–७ का ७० वर्षीय गोपाल थापाको दिनचर्या पनि परोपकार केन्द्रमै बित्छ । अध्यापन पेशाबाट निवृत्त हुनुभएका उनी पनि केन्द्रमा साथीभाइसँग गफ गर्ने र आध्यात्मिक ज्ञान दिने–लिने गर्छन् । उक्त केन्द्रमा उर्लाबारीसँगै सीमा जोडिएको झापा, दमक नगरपालिका– ४ की ८३ वर्षीया रुक्मिणी पौडेल पनि नियमित आउँछन् । घर नजिकै आफ्नो उमेरका साथी जमघट हुने ठाउँ नभएपछि उहालाई छोरा गिरीराजले मोटरसाइकलमा नियमित ल्याउने–पु¥याउने गर्छन् । “बुढेसकालमा घर नजिकै भजनकीर्तन गर्ने ठाउँ छैन, त्यसैले उर्लाबारी नै आउने गर्छु, उनले भने ” बिहान पनि छोराले नै मोटरसाइकलमा पु¥याइदिन्छ, बेलुका ४ बजे पनि छोरा नै लिन आउँछ ।” उर्लाबारी–७ निवासी ८५ वर्षीया शान्तिदेवी बस्नेतलाई पनि हरेक बिहान ११ बजेसम्म कुर्न निकै कठिन हुन्छ । भित्ते घडीको सुई ११ बजे तिर सोझिएपछि फुरुङ्ग हुँदै नजिकैको उक्त केन्द्रमा पुगिहाल्छन् । आफूजस्तै ज्येष्ठ नागरिकसँग समय बिताउँदा उनलाई दिउसो ४ बजेको पत्तै हुँदैन । उर्लाबारी– ७ की ६५ वर्षीया वृद्धा देवीमाया शिवाकोटी शारीरिक रुपमा अशक्त छन् । प्यारालाइसीसका कारण उनको एउटा हात चल्दैन तर पनि आफ्नै उमेरका ज्येष्ठ नागरिकसँग रमाउन पाउँदा उहाँलाई अशक्तताको महशुस भएको छैन । उनी भन्छन् “घर नजिकै छ, विस्तारै हिँड्दै आउँछु, यहाँ आउँदा दिन बितेको पत्तै हुँदैन ।” उनीहरु मात्र होइन सो केन्द्रमा हाल नियमित ६० वर्षभन्दा माथिका ५० भन्दा बढीको भेला हुन्छ । सबै एकै ठाउँमा भेला भएर दिन बिताउँदा तनावमुक्त भइने उहाँहरू बताउँछन् ।

विसं २०७३ फागुन २२ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका दुई तले आठ काठे सो केन्द्रको दुई कठ्ठा जमिन छ । उक्त केन्द्रमा वृद्धवृद्धालाई मनोरञ्जनका लागि पिङ खेल्ने र टेलिभिजन हेर्ने व्यवस्था समेत मिलाइएको छ । केन्द्रका अध्यक्ष गङ्गा खरेलले भने “सबै आमाबुबा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म यहाँ बसेर भजनकीर्तन, आध्यात्मिक ज्ञान लिनुका साथै एकअर्काका खुशी र दुःख साटासाट गर्छन् ।”

उक्त केन्द्रले ज्येष्ठ नागरिकलाई दिउँसो चिया र नास्ताका साथै असहज महशुस भएमा आराम कक्षको पनि व्यवस्था गरेको छ । साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरायसी द्वन्द्व र तनावबाट मुक्त गराउने उद्देश्यका साथ सो केन्द्र स्थापना गरिएकोे उनको भनाइ थियो । उक्त केन्द्रका लागि गत आर्थिक वर्षमा उर्लाबारी नगरपालिकाबाट रु ७८ हजार ८०० सहयोग प्राप्त भएको थियो । केन्द्र सञ्चालनका लागि मासिक रु २२ हजारदेखि २५ हजारसम्म खर्च भइरहेको बताउँदै अध्यक्ष खरेलले भने “सहयोगी दाता त्यति नभएकाले नपुगेको खर्च म आफैँले बेहोर्दै आएको छु।” खरेलकै अगुवाइमा उर्लाबारी मुख्य चोक नजिकै उर्लाबारीका व्यवसायी एवं समाजसेवी मानबहादुर श्रेष्ठ, प्रेमचन्द बाहेती, चेतराज श्रेष्ठ र कुमार श्रेष्ठले सो केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराएका हुन् । रासस सो केन्द्र १०० ज्येष्ठ नागरिकलाई सेवा दिनसक्ने क्षमताको छ । उनीहरूलाई सहज रुपमा घरबाट ल्याउन र पु¥याउन बसको व्यवस्था गर्ने तयारी समेत भइरहेको केन्द्रका सहसचिव यामुना फागो राईले बताउनुभयो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE