Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रतिवेदनमाथि प्रश्नः के निर्मला बलात्कृत भइनन् ?

काठमाडाैं ।  कञ्चनपुरकि निर्मला पन्तको हत्यापछि उत्पन्न परिस्थितिको छानविन गर्न गठित समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, हत्यापछि पठाइएको स्वाब वीर्यरहित रहेकको खुलासा गरिएको छ । डिएनए टेष्टका लागि अभियुक्तको वीर्यलगायतका डिएनएको उपस्थिति हुने सामग्री अनिवार्य हुने भएपनि मृतक शरीरमा वीर्य नभेटिएको खुलासा अनुसन्धानले गरेको हो । निर्मलाको योनीको छाला च्यातिएको भएपनि वीर्य भने नपाइएको पोष्टमार्टमको रिपोर्टलाई उद्दृत गर्दै प्रतिवेदनमा उल्लेख छ । “मृतकको योनांगको स्वाब लिँदा यौनांगमा वीर्य नदेखिएको तर, कन्फर्म गर्नका लागि सो स्वाबको नमूना केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाउनुपर्ने” भनेर पोष्ट मार्टमको रिपोर्टमा उल्लेख भएको प्रतिवेदनमा छ । प्रतिवेदनले निर्मला हत्याकाण्ड नियोजित भएको निष्कर्श निकालेको छ । यसका साथै निर्मलाको शव छोप्न उनको शुरुवाल फुकालेर त्यसलाई पानीमा चोपली छोपिएको विषयलाई अुनसन्धान प्रतिवेदनले गम्भीररुपमा उठान गरेको छ । तिवेदनको निश्कर्ष र सुझाव खण्डमा उल्लेख छ– मृतक निर्मला पन्तको बलात्कार हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने बस्तुहरु भित्री बस्त पानीमा चाैपलेको, गुप्तांग र तिघ्रा पखालिएको तथा उक्त बस्त्र नै लोप भएको छ । अनुसन्धान प्रतिवेदनले यसलाई गम्भीररुपमा लिएर नियोजित तरिकाले हत्या भएको तर्फ संकेत गरेको छ । एकातिर निर्मलाको शरीरमा वीर्य खस्न सक्ने सम्भावना भएका यौनांग र तिघ्रा पखालिनु र अर्कोतर्फ त्यसरी पानीमैं चोपलेको कपडा भएपनि त्यो गायब पारिनुले गम्भीर शंका उत्पन्न भएको छ । हत्याराले नै त्यो कुरा नियोजितरुपमा गरेको तर्फ प्रतिवेदनले आशंका व्यक्त गरेको छ । यसरी हेर्दा केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको स्वाबमा कसैको डिएनए भेटिन सक्ने सम्भावना करिब करिब समाप्त भएको आँकलन गर्न सकिन्छ । किनभने पोष्टमार्टम रिपोर्टमा निर्मलाको योनांग च्यातिएको भनिएपनि त्यसमा बाह्य पुरुषको डिएनए हुनसक्ने कुनै पनि तरल पदार्थ पखालिएको र नष्ट गरिएको अवस्थामा त्यसबाट हत्यारा पत्ता लाग्न सक्ने सम्भावना नदेखिएको हो । अर्कोतर्फ बलात्कार गर्दा हत्याराको वीर्य निर्मलाको लुगामा खसेको भएपनि ती लुगाहरु गायब पारिएपछि यसले अनुसन्धान झनै जटिल बनाएको हो । अनुसन्धान प्रतिवेदनमा एसपी डिल्ली विष्टका छोरा र बम दिदी बहिनीको भूमिका शंकाष्पद रहेका समेत उल्लेख गरिएको छ । घटनाको दिन बबिता भन्ने अनिता बम घरमैं भएपनि ट्युसन गएको बयान दिएको र सोलाई पुष्टि गर्न ट्युसन सेन्टरको मालिककहाँ गएर ट्युसन आएकी थिई भनेर भनिदिनुपर्यो भनेर उनले अनुरोध गरेको कुरा शंकाष्पद रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले एसपी विष्ट र बम दिदी बहिनीहरुलाई नै अनुसन्धानको केन्द्रमा राख्नुपर्ने आशय व्यक्त गरेको देखिन्छ । एसपी विष्टको कमाण्डमा रहेको प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलनमा लापरवाही र हेल्चक्र्याई गरेको, शव फेला परेको स्थान र आसपासको क्षेत्रमा तत्काल पर्याप्त संख्यामा सुरक्षा परिचालन गरी सुरक्षा व्यवस्थापन नगरेको, यथेष्ट सबुद प्रमाण बिना दिलिपसिंह विष्टलाई अनुसन्धानका लागि म्याद थप गरेको, बरामदी मुचुल्कामा दिलिपले लगाएको लुगाबारे गलत कुरा उल्लेख गरेको, नेपालमा नै नभएका निर्मलाका बुवाको ल्पाप्चे मुचुल्कामा लगाएको लगायतका कतिपय कारणले एसपी विष्टको भूमिका शंकाष्पद देखिएको प्रतिवेदनको ठहर छ । यति मात्रै होइन, वडा प्रहरी कार्यालयको इन्चार्ज जगदीश भट्टको भतिजा लोकेन्द्र भट्टको घरमा बस्ने माइलो भन्ने गोपाल चौधरीले साइकल भेटेको बारेमा समेत फरक धारणा राखेको र निज भट्टकै कमाण्डमा आन्दोलनमा समेत सबैभन्दा धेरै ७२ राउण्ड गोली प्रहार भएको कुरा प्रतिवेदनले इंगित गरेको छ । यसबाट निज जगदिश भट्टसमेत यो प्रकरणमा मिलेका त छैनन् भन्ने प्रश्न समेत प्रतिवेदनले उठाएको छ । समग्रमा हेर्दा, प्रतिवेदनले केही गम्भीर रहस्य हुनसक्ने पर्याप्त आधार दिएको छ । अबको अनुसन्धान यिनै अनुत्तरित प्रश्नको खोजी गर्दै अघि बढ्न सक्ला कि नसक्ला भन्ने चासो अहिले सर्वत्र छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: