Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भ्रष्टाचार गर्दिनँ, गर्नेलाई पनि छाड्दिनँ: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले सरकार परिणाममुखी विकासका लागि क्रियाशील रहेको बताएका छन् । ‘हामीले देशमा जादु देखाउन खोजेका होइनौँ, विकास गर्न खोजेका हौँ । जादुगरले जस्तो कहिले रुमाल, कहिले अन्डा देखाएर झुक्याउनु छैन, हामी परिणाममुखी कामका लागि क्रियाशील छौँ,’ आइतबार पत्रकार शुभशंकर कँडेलद्वारा लिखित ‘अवतरण’ पुस्तकको विमोचन गर्दै ओलीले भने । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ - कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले दुईतिहाइको बलियो सरकारले सुशासन कायम गर्न नसकेको भन्दै आलोचना गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सरकार असल नियतका साथ सही दिशामा अघि बढिरहेको दाबी गर्दै जतिसुकै झुटको खेती गरेर भ्रम फैलाइए पनि सत्यका सामु पराजित हुने बताए । ‘जहाँ निशाना लगायो त्यहीँ लाग्ने ब्रह्मास्त्र पनि सत्यका सामु पराजित हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको हैसियतमा लोकतन्त्रप्रति प्रतिबद्ध छु, भ्रष्टाचार गर्दिनँ, गर्न दिइन्न, बेइमान गर्नेहरूलाई पनि छाडिन्न भनेको–भन्यै छु, तैपनि अर्को तरिकाले व्याख्या गर्ने चलन छ ।’ प्रधानमन्त्री ओलीले आफू जनताको दुईतिहाइ अभिमतमाथि विश्वासघात नगर्ने गरी निष्ठाका साथ सुशासन र विकासको लक्ष्य पूरा गर्न क्रियाशील भइरहेको जिकिर गरे । मानवताविरोधी अपराधमा क्षमादान हुन्न प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका सबै काम टुंगिसकेकाले मेलमिलाप र पुनस्र्थापनाको कामलाई पनि अन्तर्राष्ट्रिय कानुनअनुसार नै छिटो टुंगो लगाउने बताए । व्यक्तिगत रूपमा मानवताविरोधी अपराध गर्ने राज्य या विद्रोही पक्ष जोकोहीलाई क्षमादान नदिने स्पष्ट पार्दै ओलीले त्यसकै नाममा खेल्ने काम नगर्न बाह्य शक्तिको ध्यानाकर्षणसमेत गराए । ‘अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्यायालय पनि मान्दैनौँ भन्ने हामी अमेरिकी राष्ट्रपति होइनौँ, हामी सानो र गरिब राष्ट्रका प्रतिनिधि हौँ, त्यसैले हामीलाई अन्तर्राष्ट्रिय कानुन थाहा छ, लागू गर्न पनि प्रतिबद्ध नै छौँ,’ उनले भने, ‘तर टुंगिसकेको शान्ति प्रक्रियाका नाममा खेल्ने काम बाह्य शक्तिले नगरोस् भन्ने चाहन्छौँ ।’ पार्टी फुटे पनि शान्ति प्रक्रिया सफल पार्‍यौँ: प्रचण्ड नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरुवातको पृष्ठभूमि, १२ बुँदे समझदारी र शान्ति प्रक्रियादेखि पार्टी एकतासम्मको सफल अवतरणमा आफूले खेलेको भूमिकामा केन्द्रित रहेर धारणा राखे । ‘म भैरहवाबाट प्लेनमा आएर सीधै बालुवाटारमा पुगेर क्यान्टोनमेन्टमा रहेका हतियार सेनाको जिम्मा लगाउने निर्णय गराउन एक दिन मात्र ढिलो गरेको भए क्यान्टोन्मेन्टमा धेरै ठूलो रक्तपात हुने चित्र देखिसकेको थिएँ,’ उनले विगत स्मरण गर्दै भने, ‘त्यो जोखिम मोलेर निर्णय गर्दा मलाई थाहा थियो पार्टी फुटाइन्छ, केही साथीहरू फुटेर जानुहुनेछ, आखिर पत्रकार सम्मेलन गरेर साथीहरूले त्यही(पार्टी फुटाउने)काम गर्नुभो, तर शान्ति प्रक्रिया त सफल भएरै छाड्यो ।’ उनले अहिलेसम्म जति पुस्तक लेखिए पनि जनयुद्धकालका विचारधारात्मक संघर्ष, शान्ति प्रक्रिया हुँदै पार्टी एकतासम्मका महत्वपूर्ण र वास्तविक सूचना अझै उजागर हुन नसकेको भन्दै त्यसका निम्ति आफू र प्रधानमन्त्री ओलीले अर्को पुस्तक लेख्नुपर्ने आवश्यकता रहेको औँल्याए । ‘धेरै पुस्तक आएका छन्, यो पुस्तक अरूभन्दा आग्रहबाट मुक्त, सूचनामूलक तथा सत्यको निकट छ,’ प्रचण्डले भने, ‘तर अझै केपीजी र मैलै नै अर्को पुस्तक नलेखेसम्म पूर्ण नहुने नै भो ।’ सुशासनमा किन चुक्यौँ: कोइराला कांग्रेस नेता शेखर कोइरालाले पूर्वाधार विकासका लागि समय लाग्नु स्वाभाविक भए पनि दुईतिहाइको शक्तिशाली कम्युनिस्ट सरकार दैनिक प्रशासन सञ्चालनमै चुकिरहेको आरोप लगाए । ‘अहिले हामी कहीँ न कहीँ चुकिरहेको आभास भइरहेको छ, विकासका लागि समय लाग्छ, तर दुईतिहाइको सरकारले किन सुशासन दिन सकिरहेको छैन, यसमा त पैसा लाग्ने पनि होइन,’ कोइरालाले भने, ‘उखुको मूल्य घटिरहेको छ, किसानले दुई वर्षदेखि वास्तविक मूल्य पाउन सकेका छैनन्, तर पनि चिनीको मूल्य बढेको बढ्यै अवस्थामा कस्तो समाजवादको कुरा गर्दै छौँ ?’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: